Tuesday , February 20 2018
Breaking News

लजालु रुप – प्रवासी नेपालीको म्युजिक भिडियो

काठमाडौं, २० चैत । सांगीतिक यात्राको एक दशक लामो यात्रामा थुप्रै प्रकारका गीत गाएका युवा गायक कमल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रभाव राष्ट्रिय दैनिकसँग आबद्ध सक्रिय सञ्चारकर्मी पनि रहेका श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘लजालु रुप’ आइतबार भाइब्स क्रिएसन मार्फत् सार्वजनिक गरिएको हो ।
आधुनीक गीत–संगीतमा राम्रै जमेका गायक श्रेष्ठले वैशाखको अन्तिमसम्ममा अर्को म्युजिक भिडियो पनि सार्वजनिक गर्ने जानकारी दिएका छन् । कलाकारिता र पत्रकारिताको दैनिकीमा व्यस्त रहेका श्रेष्ठको आइतबार सार्वजनिक भएको गीतको शब्द रमेश दाहालको र संगीत डेनी निरौलाको रहेको छ । भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई विक्रम कार्कीले एरेन्ज गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियोमा अहिलेको चर्चित मोडल लीला गीरी र लालबहादुर ढेंगाको अभिनय रहेको छ भने भिडियोको निर्देशन ह्यारी कट्टेलले गरेका छन् । अभिषेक माझीले छायांकन गरेको उक्त गीतको भिडियोलाई विश्व भण्डारीले सम्पादन गरेका हुन् ।
पूर्वेली लोकलयलाई पछ्याउँदै आधुनिक धारमा तयार भएको उक्त गीतले विशेषगरी तन्नेरी पुस्ताको ध्यान तान्ने र सवैको मन जित्नेमा गायक आशावादी रहेको बताउँछन् ।
दिनदिनै नयाँ–नयाँ गीतहरु सार्वजनिक हुने क्रममा ‘लजालु रुप’ गीत भने केही फरक स्वाद लिएर प्रस्तुत गरिएको छ ।

Leave a Reply