Tuesday , February 20 2018
Breaking News

प्रहरी नै लुटेरा,६० तोला सुन लुटपाटमा प्रहरीकै संलग्नता

२० चैत, काठमाडौं । काठमाडौं न्यूरोडमा भएको झण्डै ६० तोला सुन लुटपाटमा प्रहरीकै संलग्नता रहेको खुलेको छ । लुटपाटमा संलग्न प्रहरी जवानसहित ६ जना पक्राउ परेका छन् भने हवल्दारसहित ३ जना फरार छन् ।समाचार अनलाइन खबरबाट लिईएको।

न्यूरोड मरुहिटीमा भारतीय नागरिक शिवप्रसाद माइटीको सुनका गरगहना बनाउने तथा रिफाइन गर्ने कारखानामा शुक्रबार लुटपाट भएको थियो । कालिगढहरु काम गरिरहेको अवस्थामा त्यहाँ पुगेका युवाहरुले ‘हामी प्रहरी हौं, यहाँ गैरकानुनी सुनको कारोबार हुने रहेछ’ भन्दै हत्कडी र हतियार देखाए ।

कालिगढलाई नियन्त्रणमा लिएपछि उनीहरुले विभिन्न गरगहना गरी ५९ तोला ९८ लाल लुटपाट गरे । लुटपाटको उजुरी पछि अनुसन्धानका क्रममा महानगरीय प्रहरीको अपराध महाशाखाले ६ जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी बृत्त लैनचौरमा कार्यरत प्रहरी जवान अजय गुरुङ पनि छन् ।

यसरी भयो चोरी

करिव २ साता अघि हर्कबहादुर तामाङ, जो हाल फरार छन्, उनले राजकुमार तामाङलाई सुन रिफाइन गर्ने पसलमा अबैध सुन कारोबार गर्ने रहेछ भनि सुनाएका थिए ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएअनुसार दुबैले उडल्याण्ड क्लबमा कार्यरत लाप्साङ तामाङ र क्षिति लामा र अर्का साथगी सुन्दर तामाङलाई सुन कारोबार गर्ने पसलबारे बताए । त्यसपछि बन्यो सुन डाका गर्ने योजना ।

प्रहरीका अनुसार सुन्दरले सुभास खरेलसँग मिलेर कपुरधारामा बसेर चोरीको योजना बनाए ।

चैत १८ गते सुभासले यसबारे प्रहरी जवान नविन ढकाललाई बताए । हतियार तथा हतकडी ढकालसँगै प्रहरी हवल्दार बदबहादुर मगरले ल्याउने भए ।

फागुन १८ गते ४ जना सोह्रखुट्टे र ४ जना जमलबाट बसन्तपुरमा भेला भएर योजनालाई अन्तिम रुप दिए । डाका गर्ने स्थानमा ६ जना पुगे भने दुई जना ढेकामा मान्छे हेर्न बसे । भित्र गएकाहरुले प्रहरी हौं भन्दै हतियार देखाएर लुटपाट गरे र साह्रखुट्टेमा पुगेर गहना सुन्दरलाई नै राख्न दिए ।

अनुसन्धानका क्रममा सुन्दर पक्राउ परेपछि प्रहरीले सामान विक्री गर्न भन्दै साह्रखुट्टेको एक चिया पसलमा भेला गराएर ६ जनालाई पक्राउ परेको छ ।

लुटपाटको घटनामा संलग्न भएको भनिएका हवल्दार बलबहादुर मगर, प्रहरी जवान नविन ढकाल र धादिङका हर्कबहादुर तामाङ भने अझै फरार छन् ।   – प्रकाशित मिति :चैत २० आइतबार-२०७३ 

Leave a Reply