Tuesday , February 20 2018
Breaking News

‘यो देश खारेज गर’ भने हिसिलालाई गिरफ्तार गर भने अभियान सामाजिक सञ्जालमा भाइरल (भिडियो)

हिसिलाले ‘यो देश खारेज गर’ भने पछि कांग्रेस सांसद धनराज गुरुंगले हिसिलालाई गिरफ्तार गर भन्दै आक्रोश पोखे

‘यो देशलाई खारेज गर’ भन्ने हिसिला यमीको अभिव्यक्ति विरुद्ध ‘हिसिलालाई गिरफ्तार गर’ भन्ने अभियान सुरु भएको छ ।

कांग्रेस सांसद धनराज गुरुङ, सुनसरी कांग्रेसकी नेतृ मनिता घिमिरे, एमालेकी पूर्व सांसद शान्ता चौधरी, हालै नयाँ शक्ति छाडेर फोरम लोकतान्त्रिक प्रवेश गरेका देव लिम्बू, पत्रकार राजकुमार रेग्मी र राष्ट्रिय भूमि अघिकार मञ्चकी महासचिव सरस्वती सुब्बाले ‘हिसिलालाई गिरफ्तार गर’ अभियान चलाएका हुन् ।

फेसबुक र ट्विटरबाट उनीहरुले चलाएको यो अभियानमा भाइरल भइरहेकाे छ । उनीहरुले सामूहिक रुपमा एउटै कुरा लेखेका छन्– ‘यो देशलाई खारेज गर’ भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइयोस्  । हजारौंले यही माग र ‘एरेस्ट हिसिला यमी’ ह्यासट्यागमा विचार राखिरहेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नी तथा पूर्व मन्त्री हिसिला यमीले आइतबार राजधानीमा निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेपछि प्रहरी नियन्त्रणमा बसेर ‘यो देश खारेज गर’ भन्दै नारा लगाएकी थिइन् । उनले लगाएको नाराको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

कांग्रेस सांसद गुरुङ भन्छन्– ‘यो देश खारेज गर भन्नु भनेको देशको अस्तित्व समाप्त पार भनेको हो । प्रहरी नियन्त्रणमा बसेर हिसिलाले नारा लगाएकी छिन् । त्यस्तो नारा लगाउने हिसिलालाई किन रिहा गरियो ? उनलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउनुपर्छ ।’

हेर्नुस भिडियो

साभार बाह्रखरी

Leave a Reply