Tuesday , February 20 2018
Breaking News

“समयले पर्खींदैन, बितेको उमेर फर्किंदैन”

कतै हेर्न छुटाउनु भएको त छैननी !अहिले अत्याधिक चर्चाको शिखरमा रहन सफल मौलीक रोइला( खेली) दोहोरी गीत-फर्किंदैन उमेरले, दिन प्रतिदिन देश तथा बिदेशमा रहेका दर्शक श्रोताहरुको मन जीत्दै गइहेको कुरा जानकरीमा अएको छ । जुन गीतमा यथार्थ जीबनमा अधारीत माया-प्रेमलाई अत्यन्तै मर्मीकरुपमा प्रस्तुत गरिएको छ । जसमा सुर्य प्रसाद पाण्डेयको मन छुने शब्द र कर्ण प्रीय संगीत रहेको छ भने सुर्य प्रसाद पाण्डेय र शान्ती डोटेलको सुमधुर स्वरले सुनमा सुगन्ध थपेको छ । यस गीतमा चर्चीत एरेन्जर बिनोद बाजुरालीको एरन्ज रहेको छ । म्युजीक भिडीयो निर्देशन कुमार के. सी. ले गरेका छन भने गोभिन्द पाण्डेय ,बबिता, सबिना र सुरजको मन छुने अभिनय र आकर्षक नृत्यले सबैको मन जित्न सफल भएको छ । यस गीतलाई बहुचर्चीत लोक – दोहरी गायक पुरुषोत्तम न्यौपानेले संचालनमा ल्याउनु भएको भरपुर संगीत प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ ।म्युजीक नेपालको युटुब च्यानलमा रहेको यस गीतको म्युजीक भिडीयो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला ।

Leave a Reply