Wednesday , October 18 2017
Breaking News

ट्रकमा कोचेर लगी हिरासतमा राखेपछि फेसबुक मार्फत यसरी आक्रोस पोखे बाबुरामले

काठमाडौँ, चैत २० – चुनाव चिन्हको माग गर्दै निर्वाचन कार्यालयको घेराउ गर्न पुगेका नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईलगायत पत्नी हिसीला यमी र माओवादीका उपाध्यक्ष सिपी गजुरेल सहित ६४ दलका ५० भन्दा कार्यकर्ता पक्राउ परेका छन् ।उनीहरुलाई पक्राउ गरी ट्रकामा रमखेर २ नं गण महाराजगञ्जमा राखिएको बताइएको छ । उनले त्यहीबाटै फेसबुक चलाउदै यस्तो प्रतिकृया दिएका छन् ।

जीवनको पाँचौं राजनीतिक गिरफ्तारी पछि नेपाल प्रहरी २ नं गण महाराजगंजमा, पहिलो २०३६ सालमा भारत सरकारद्वारा दिल्लीमा, दोश्रो र तेश्रो राजा वीरेन्द्रको पंचायती सरकारद्वारा २०४२ र २०४३ सालमा, चौथो बहुदलीय व्यवस्थामा गिरीजा सरकारद्वारा २०५० सालमा१ पाँचौं गणतान्त्रिक प्रचण्ड सरकारद्वारा अहिले ।

Leave a Reply