तीजको नाममा फेरी अर्को बिकृति जन्य सृजना !आधा शरीर देखाउदै असारमै तीजको गीत

चक्र साउद आर सी-काठमाण्डौ/पछिल्लो समय जेष्ठ देखिनै तीजको गीतहरु बजारमा ल्याउने होडबाजी चलिरहदा फेरी अर्को विकृतिजन्य तीज गीत बजारमा आएको छ।आधा शरीर देखाउदै उक्त गीत बजारमा ल्याइएको हो।गीतको भिडियोमा अभिनय गर्ने मोडलले भने आधा शरीर देखाएर भिडियोमा बिकृति थपेको देख्न सकिन्छ भने गीत पनि असारमै बजारमा ल्याएर थप बिकृति थपेका हुन।अर्जुन कुँवर,सान्ता परियार र एलिना खनालले आवाज दिएको उक्त तीज गीत नाम दिएको बिकृति जन्य गीतमा गणेश अधिकारीको शब्द तथा संगीत रहेको छ।शब्द पछिल्लो समय भएको गतिविधिलाई जोडेर तीज गीतको नाम दिएको हो।अब यो गीत सहि या गलत के हो छुट्टाउने जिम्मा दर्शक श्रोताकै हातमा छ।
भिडियो :