राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युऐई शाखाको प्रथम अधिबेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, युएई शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ।
हिजो युएई स्थित बरदुवईको एभरेष्ट होटलमा सम्पन्न अधिवेसनले गोपिकृष्ण पंगेनीलाई निर्बिरोध अध्यक्षमा चयन गरेको छ।
दुई बर्षे कार्यकालका लागी समितीको उपाध्यक्षमा ओम कुमारी खाँड र नारायण न्यौपाने चयन हुनु भएको छ।
त्यस्तै सचिवमा ओमकार पोख्रेल ,महिला सचिव लक्ष्मि के सी, सह-सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष बिक्रम पौडेल र सह-कोषाध्यक्षमा गोपाल भट्टराई रहनु भएको छ।
त्यस्तै कार्यसमिती सदस्यहरूमा प्रकाश ढकाल, राजेश भण्डारी, हेम बहादुर भण्डारी, अनिस दवाडी , विरेन्द्र दंगाल, पारू मगर, हर्क सिंह, रमेश राणा, केविन जंग शाही, नरेन सापकोटा, बिमादेवि न्यौपाने, मनु क्षेत्री, विकाश अधिकारी, होमनाथ कुवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुलि रहनु भएको छ।

अधिवेशन सम्पन्न गर्नको लागी नेपाल पत्रकार महासंघ युएई शाखाका सल्लाहकार एकेन्द्र थापा संयोजक रहने गरि समिती निर्माण गरिएको थियो। जसमा पत्रकार महासंघ युएईका सह-सचिव निर्भिक नारायण भुर्तेल, सदस्यहरू खिमलाल पाण्डे र राम प्रसाद ढुंगेल सदस्य रहनु भएको थियो। अधिवेशनका लागी नेपालबाट राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष तथा बैदेशिक विभाग प्रमुख रमेश बि जी र केन्द्रिय सदस्य कृष्ण आशु समेत आउनु भएको थियो।

उक्त कार्यक्रम लय शब्दका धनी शिव हमालको लय तथा शब्द र रमेश राना, होमनाथ कुवर र जुना श्रीषको स्वरमा रहेको लोक दोहोरी गित डाडैको वर को समेत बिमोचन गरिएको थियो।
वर दुबईको एभरेस्ट होटेल मा निशुल्क पास भएको उक्त कार्यक्रम मा स्थानिय कलाकार हरु को लाईभ दोहोरी साथै नृत्य प्रस्तुत भएको थियो ।