दोहोरीमा आएको ब्यापक बिकृति रोक्न फेरी चल्यो लोक दोहोरी प्रतिष्ठानले यस्तो कदम,स्टुडियो संचालकहरुलाई -बद्री पंगेनीको यस्तो आग्रह

लोक तथा दोहोरी गीत संङ्गीत भित्रको बिकृति नियन्त्रणको प्रयासमा रहेको राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालले “बिकृति विसंगति नियमन-निर्देशन र नियन्त्रणका प्रयास र आबश्यकता” का बिषयमा केन्द्रित रहेर आज रेकर्डीङ स्टुडीयोहरूसंग छलफल चलाएको छ । प्रतिष्ठान भित्र विभिन्न समिति हरु बनाउने क्रममा बिकृति विसंगति नियन्त्रण तथा अनुगमन समिति बनाइएको र त्यहि समितिको कृयाशिलातामा जति सक्दो विकृत गीत हरु नियन्त्रण गर्न प्रयाश गरिने कुरा प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले बताए। विसंगति नियन्त्रणको सुरुवातमा कलाकार हरुसंग सचेतनाका कार्यक्रम हरु गर्ने, वास्तविक लोक संस्कृति जगेर्नामा कटिवद्द रहनुभएका कलाकार साथि हरुको सहयोगमा गीतको संरचना निर्माण देखिकै समयमा विकृतिले स्थान नपाओस भन्ने कुरामा सचेत हुन आग्रह गर्ने त्यसपछि रेकर्डको समयमा पनि त्यस्ता गीत हरुको शब्द चयनमा बिशेष ध्यान दिने र त्यो अवस्थामा स्टुडियो हरुले महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थालाई मध्यनजर राख्दै आज स्टुडियो संचालक हरु संग अन्तरकृया गरेको कुरा अध्यक्ष पंगेनीले जानाकारी गराए। स्टुडियो संचालक संग साक्षात्कार् गरेपछिको सकारात्मक प्रतिक्रियाले आगामी दिनमा छिट्टै संगीतको श्रब्य दृश्य निर्माण गर्ने महत्वपुर्ण अरु पक्ष हरु संग पनि छलफल चलाइने कुरा जानाकरी दिदै छिटै नै म्युजिक भिडियो कलाकार संघ, निर्देशक हरु, अभिनयमा संलग्न साथि हरु संग पनि यस्तै किसिमका कार्यक्रम हरु गरिने कुरा समेत प्रतिष्ठानले जनाएको छ। नेपालको संविधानले प्रदान गरेको मौलिक हकको अधिनमा रही गीत संगीत र श्रब्य दृश्य निर्माण गर्न हरेक कलाकार स्वतन्त्र रहेको हुँदा कलाकारको स्वतन्त्रतामा कुनै किसिमको आंच आउने निर्णय प्रतिष्ठानले नियमतः गर्न सक्दैन।देशको विधानले प्रदान गरेको अधिकारलाई कुण्ठित पार्ने गरि नियमावली जारि गर्ने गरिने सम्भावना पनि हुदैन तसर्थ बिकृति नियन्त्रणको लागि सम्पूर्ण रुपमा कलाकार हरुको सहायोग एकमात्र उपाय भएको कारण गीतकार, रेकर्ड गर्ने स्टुडियो, अभिनय गर्ने कलाकार र निर्देशक हरुको सहयोग रहेमा बिकृति न्यूनीकरण हुन सक्ने कुरामा संस्था आशावादी रहेको कुरा समेत सो अवशरमा ब्यक्त भएका थिए। वाक स्वतन्त्रताले दिएको अधिकार कति प्रयोग गर्ने भन्ने कुरा कलाकारको बिबेकले निर्धारण गर्ने कुरा हो। आफुले पाएको स्वतन्त्रता उपभोग गर्दा समाजलाई नकारात्मक प्रभाव पर्ने तरिकाले नगरिदिनुहुन संस्थाका निवर्तमान अध्यक्ष चन्द्र शर्माले अनुरोध गरे। विसंगतिको सुरुवात कलाकारको नियत बाट हुन्छ, नियतले शब्द या हाउभाउ जन्माउछ । शब्द र हाउभाउ जन्मेपछि अन्य कलाकारले त्यसलाई मुर्त रुप दिन्छन । सकेसम्म नियतमै सुधार गर्ने, त्यसो भैसकेपछि पनि आएका विकृत गीत हरुको न्यूनीकरणको लागि स्टुडियो, निर्देशक, अभिनय गर्ने कलाकार ईत्यादिको सहयोग लिने र यौटा विकृत सृजनाले मुर्त रुप पाउनु अगाडी सकेसम्म सुधार गर्ने तर्फ प्रयाश गर्ने र संस्कृतिको जगेर्नार्थ आफ्नो आफ्नो स्थान बाट सकेको सहायो गर्ने कुरामा साथि हरुको प्रतिवद्दता आएको कारण आफु हरु उत्साहित भएको कुरा समेत निवर्तमान अध्यक्ष समेत रहेका चन्द्र शर्माले बताए। उत्पादनको अन्तिम चरणमा पुगेका गीत हरुमा समेत सुधार गर्ने ठाउ हरु रहन्छन भन्ने कुरा केहि प्रयोग हरुले प्रमाणित समेत गरेका छन्। तीज गीतको मामलामा केहि द्वीअर्थी गीतका आशय परिवर्तन भएका छन्, केहि भिडियोका दृश्य सम्पादन भएका छन् त्यसैले यसरि गरिएको अन्तरक्रिया र साक्षात्कार कार्यक्रम हरुले कलाकार हरुलाई जिम्मेवार बनाउनेछ भन्ने कुरामा आशावादी रहेको कुरा समेत अध्यक्ष पंगेनीले बताए। उक्त अवशरमा लोक गीत संगीतको रेकर्डिङमा अग्रणी रहेका स्टुडियो संचालक साथै संचारकर्मी हरुको समेत उत्साहपूर्ण उपस्थिति रहेको थियो। संचारकर्मी हरुले समेत त्यस्ता विकृत गीत हरु सार्वजानिक संचार माध्याम बाट प्रसारित नहुन भन्नेमा आफु हरु सदैव सजग रहेको र त्यस्ता गीत हरुलाई कुनै पनि मुल्यमा प्रश्रय नदिने कुरा उपस्थित मध्यका संचारकर्मी कमल सरगमले ब्यक्त गरेका थिए।