फेरी चर्चित मोडल बिमल अधिकारीले दुनिया रूहाउने भिडियो बजारमा लिएर आए (हेर्नुहोस)

सांगीतिक बजारमा एकपछी अर्को लगा?तार उत्कृष्ट गितहरु भित्र्याउदै आफ्नो स्थान झन भन्दा झन मजबुत बनाउने कार्यलाइ निरन्तरता दिदै भावना म्युजिक सोलुसनको प्रस्तुतिमा मर्मस्पर्शी शब्दहरूको संयोजनमा निर्माण गरिएको मार्मिक एकल गीत “उनको सम्झना “ म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

उक्त गीतमा चर्चित गायक शिव कार्कीको सुमधुर स्वर दिल कुमार खत्रीको मार्मिक शब्द र शिव कार्कीको मर्मस्पर्शी लय रहेको छ ।

निस्वार्थ चोखो माया गर्दा पनि प्रेमिकाले धोका दिदा प्रेमिको तडप र मनको बेदनालाइ काल्पनिक संरचा मार्फत एक वियोगान्त प्रेम कथामा आधारित उक्त म्युजिक भिडियोमा पछिल्लो समय धेरै दर्शकको मन जित्न सफल अनि चर्चित मोडल तथा भावना म्युजिक सोलुसनका प्रबन्ध निर्देशक बिमल अधिकारी , लिला गिरी र अनुशासनले उत्कृष्ट अभिनय गरेका छन ।

गितको भिडियोलाइ अझ थप उत्कृष्ट बनाउनेतर्फ मुकेश हुमागाइ तथा सम्बन्धित समुहको छायांकन र अनिश लामाको निर्देशन रहेकोे छ भने अमृत चापागाईंले सम्पादन गरेका छन ।

पूरा म्युजिक भिडियो हेर्नुहोस ।