बोल माया गीतबाट भाइरल भएका चर्चित मोडल प्रकाश सपुतले खेले फेरी यस्तो उत्कृष्ट भिडियो

काठमाडौं – युवा गायक महेन्द्र न्यौपानेको लोक दोहोरी गीत ‘लमजुङ दुध पोखरी ताल…’ यूट्यूवमा सार्वजनिक भएको छ । लमजुङका धार्मिक तथा पर्यटकिय क्षेत्रका साथै युवा-युवतीको माया प्रेमको भाव समेट्दै गीत तयार पारिएको छ ।
युवा गायक महेन्द्र न्यौपाने र गायिका मञ्जु बिकको स्वर रहेको गीतमा गायक न्यौपानेकै शब्द छ भने सुर्य खड्काको लय तथा संगीत रहेको छ । गोरक्ष म्युजिक प्रालीले बजार व्यवस्थापन गरेको गीतको भिडियो म्युजिक नेपालको यूट्यूव च्यालनमार्फत सार्वजनिक भएको हो ।
गीतको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिलिसना ‘गुरुआमा’ले गर्नु भएको हो भने छायांकन प्रकाश धमलाले गर्नुभएको छ । गीतमा प्रकाश सपुत र करिश्मा ढकालको अभिनय देख्न छ । भिडियोको दृश्य निर्माण गुरुआमा फिल्मस् प्रालीले गरेको हो ।