रेलमा कम्युनिष्ट मात्र चढाउदैनौ भन्दै डा सुर्य पाठकले यसरी थर्काए काङ्ग्रेसलाई (भिडियो सहित)

महेश शर्मा/स्कट नेपाल
८ असार काठमाडौँ असार ८ काठमाडौं नेकपा का सांसद तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं २ का संसद सुर्य पाठकले चीन भ्रमणका क्रममा ओली सरकारले गरेको रेल सम्झौताले नेपाल र चीनको बीचमा कनेक्टिभिटी को क्षेत्रमा नयाँ युगको आरम्भ भएको बताएका छन । शुक्रबार संसदमा विनियोजन विधयेकका बारेमा बोल्दै पाठकले युवा पुस्ताको तर्फबाट प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिए ।

साथै श्रम मैत्री राज्य, श्रममैत्री शासन व्यवस्थामा जोड दिदै पाठकले भने श्रमिक को न्युनतम ज्याला २५ देखी ३० हजार बनाऊन माग गरे । सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पूर्ण रूपमा देशको विकास र निर्माणका निम्ति सदुपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले ध्यान केन्दि्रत गर्न माग गर्दै श्रम अनुसारको ज्याला निर्धारण भए मात्र बैदेशिक रोजगारमा रहेका श्रमिकलाई नेपाल फर्काएर काममा लगाउन सकिने उनको तर्क छ ।

भिडियो हेर्नुहोस

शिक्षा र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा भएको निजीकरण र ब्यापारीकरणको अन्त्य गर्दै एक राज्यमा दुई किसिमका नागरिक उत्पादन गर्न बन्द गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा जुनसुकै क्षेत्र, स्तर र अवस्थाका मानिसले विना भेद्भाव सर्वसुलभ रूपमा पाउने व्यवस्थाको सुनिश्चित गर्न माग गर्नु भयो।

प्रधानमन्त्री ओलीको चीन भ्रमण र गरिएको सम्झौता बारे प्रतिपक्षि नेपाली काँग्रेस तर्फ इंगित गर्दै पाठकले भने चीनबाट आउने रेलमा कम्युनिष्ट को लागि ढोका खुल्ने र काँग्रेसको लागि बन्द हुने हुदैन यो आम नेपाली जनता र चिन संग कनेक्टिभिटीको क्षेत्रमा नयाँ युगको सुरुवात भएर आएको छ ।