गोर्खाको गाउमा शौचालयमा सुत्न बाध्य यी परिवारको लागि घर निमार्ण सुरु : तपाई को सहायोग को खाचो !


गोरखा सिरानचोक गाउँपालिका ७ को तल्लो गोहोरेका दलबहादुर बिक र बिमला बिक आफ्ना पाँच सन्तान सहित ओत लाग्ने घर हो यो । दलबहादुर बिक बोल्न खोज्छन तर आवाज स्पष्ट निकाल्न सक्दैन अस्वस्थ छन उनी, बिमला बिक अर्धचेत अबस्थामा बाचिरहेकी छ्न ५ सन्तान (४ जना स्कुल जने उमेरका अनि १ जना दुध खादै गरेको) सहित। खाना छैन, लगाउने कपडा र बर्षामा पानी छेक्ने उचित बास छैन, यी साना बालबालिकालाई मात्र भएपनि कतै ब्यवस्थापन गर्न सके ठुलो राहत हुने थियो ।

अहिले को घर बन्दै गरेको अवस्था
“दल बहादुर बिक को जिबनस्थर उकास्ने अभियान” मा हाल सम्म प्राप्त भएको रकम
नाम रकम
नाम नखुलाउने ५०,०००
भिम पोखरेल ५०००
astha boys hostel -५०००
माया पर्साइ- १०६२०
रमेश सुनुवार- ४०००
राजन भट्टराई -९६५४
सङ्खर के सि- ५०००
दिपक पान्डे- २०००
काजिराम थापा- ४०००
कृष्ण खड्का- ३०००
रबिन पुरि- १०,०००
अरुण अधिकारि- ५०००
जनज्योति मा बि- ३५९०
बलराम ढकाल- १०,०००
रुद्र बगाले- ५०००
जम्मा १३१,८६४
सहयोगी मन प्रति हार्दिक आभार ब्यक्त गर्दछौ।
साथै यो अभियान मा हामी लाइ विभिन्न तरिका ले भौतिक, नैतिक,सल्लाह सुझाब प्रदान गर्ने र हाम्रो काम लाइ प्रोत्साहन प्रदान गर्ने सिरानचोक गाउँपालिका ७ का वाड अध्यक्ष सुरज ढकाल ज्यु लाइ पनि विशेष धन्यवाद दिन चाहान्छौ।।
अभियान्ता-बर्षा ढकाल
बलराम ढकाल
रन बहादुर बसेल
मेघ बिलास ढकाल
संरक्षक -सुरज ढकाल(वडा अध्यक्ष )

सिरानचोक गाउँपालिका वडा नम्बर ७ तल्लो गोहोरका एक परिवार बिचल्लीमा परेका छन यो परिवार अहिले शौचालयमा बनाइएको झोपडीमा रात कटाई रहेका छन् । भूकम्पले घर लगे पछी अस्थायी टहरामा बसेका दलबहादुर बिकको छोराछोरी लामो समय देखि शौचालयमा बस्ने गरेका हुन् । आर्थिक अबस्था कमजोरी को कारण र आफ्नो स्वास्थ अबस्था ठिक नभएका कारण आफ्ना छोराछोरी लाइ नेपाल रेड्क्रस उपसाखा श्रीनाथकोट द्वारा निर्माण गरिएको सौचालयमा राख्न बाध्य छन दलबहादुर बिक।

दलबहादुर बिकको परिवारको जिबन स्थर उकास्ने र यि शिक्षा को मुलधार बाट बन्चित बालबालिका लाइ शिक्षा प्रदान गर्ने उदेश्य सहित एउटा अभियान सुरु भएको छ। जुन अभियान लाइ जनकल्याण माविका शिक्षिका वर्षा ढकाल लगायत बलराम ढकालले सुरु गरेका छन ।

जनकल्याण माविका शिक्षिका वर्षा ढकाल भन्छिन : दलबहादुर बिक परिवारको अबस्था निकै दुखत लाग्दो र उनिहरु को ५ छोरा छोरी जो शिक्षाको मुल धार बाट बन्चित भैरहेको जानकारी पाएर यि नानी बाबु को शैक्षिक प्रगती को लागि बिभिन्न शैक्षिक सामाग्री सहयोग गर्नु हुने पालुङटार निवासी श्री सुवास गान्धरि ज्यु लाइ हार्दिक आभार ब्यक्त गर्दछौ। साथै उहाँ सम्म यो सूचना प्रवाह गरेर उक्त परिवार सम्म सामाग्री प्रदान गर्न सहयोग गर्नु हुने समाजसेवी आदरणीय दाइ रन बहादुर बसेल प्रती पनि आभार व्यक्त गर्दछु। यदि तपाइ हरु पनि यि बच्चा बरु को शैक्षिक उन्नति को लागी सहयोग गर्न चाहानु हुन्छ भने यो नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ बर्षा ढकाल ९८४०१५२७१२ र बलराम ढकाल ९८४१५४०७८२.

समाज सेवी सरिता गुरुङ आफ्नो वालमा लेख्नु हुन्छ :
गाेरखा जिल्ला सिरानचाेक गा पा ७ श्रीनाथकाेट तल्लाेगाेहारेका दल ब विक र विमला वि क काे ७ परिवार बस्ने घर हाे याे ।दल ब स्पष्ट बाेल्न सक्दैनन् भने विमलाकाे मानसिक अवस्था कमजाेर भएकाले केही गरेकाे थाहै छैन एकाेहाेरे बर्बराइ रहन्छिन। ५ जना मध्ये ४ जनालाई जनकल्णा मा विका शिक्षक शिक्षिकाले खाजा र पैसा उठाएर कपडाकाे व्यावस्था गरि विद्यालयमा अाउने वातावरण गराउनु भयाे । १ वटा दुधे बालक अर्ध चेत विमलाकाे काखमा छ । खानेकुरा छैन, पकाउने भाडा छैन, अाेड्ने अाच्छ्याउने छ‌न, लगाउने कपडा छैन । बर्षामा पानी अाेत्ने घर छैन । वडा कार्यलयमार्फत जाईकाकाे घर निमाण तालिमकाे क्रममा घर त बनाइयाे तर छाउन सकिएन । शिक्षक शिक्षिकाकाे पहलमा असल छिमेकी नेपालले जस्ता र केही अाङ्ग छाेप्ने कपडा पठाईदियाे । तर घर निर्माण हुन सकेकाे छैन ।
जनकल्याण मा वि का केही शिक्षक शिक्षिका याे दुख प्रति धेरै चिन्तत हुनु भएकाे हामीले महसुस गर्याेै । र हामी यी ४ जान बालकलाई कुनै भरपर्दाे संस्थामा पढाईकाे लागि वडा कार्यलय मार्फत पठाउन चाहान्छाै । यदि काेही कसै र कुन‌ जिम्मेवार सस्था भएमा यी अबाेध वालककाे पठन पाठनकाे व्यवस्था गरि मानविय सेवा गर्नुहुन अनुराेध गर्दछाै ।