अल बिदा डा. उपेन्द्र देवकोटा, यस्तो थियो उनको बास्तविक जीवन (भिडियो)

पित्तथैलीको क्यान्सरबाट पीडित भएका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन सोमबार साँझ निधन भएको छ । उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
बेलायतमा जाँदा उनी मुर्छा परेर भुईमा ढलेपछि उानको यो रोग पत्ता लागेको थियो । लामो समय बेलायतमा उपचार गराएका डा. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए । मृत्युको मुखमा पर्दा पनि उनीले आफ्नै देशमा उपचार गर्न खोजे, उनकै चाहना अनु्सार उनलाई गत हप्ता गृहजिल्ला गोरखा पनि लगिएको थियो ।
देवकोटाले आफ्नो करिअरको ३४ वर्षको अवधिमा २५ हजार भन्दा बढीको शल्यक्रिया र १० लाख भन्दा बढी बिरामी जाँचेका थिए । डा देवकोटालाई पित्तवाहिनी नलीको क्यान्सर मेडिकल भाषामा बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको थियो । डा देवकाटाले एमबिबिएस सकेपछि सन् १९८६ मा डा मधु दीक्षितसँग विवाह गरेका । उनका तीन छोरी छन् ।
सानै देखी पढाईमा अब्बल देबकोटा शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए । हेरौं उनको बास्तविक जीवन कस्तो थियो, कसरी उनले देश र जनताको सेवा गरेका थिए ।