Monday , December 11 2017
Breaking News

प्रतिक्षामा नथाकेका नयनहरु !

 

सुनिता बम ‘कामना’ ।

आज १६ बर्ष पुरा भयो । हामीले हाम्रा प्रिय अभिभाकसँग भलाकुसारी, भावना आदान प्रदान, सामिप्यता साट्न नसकेको । १६ बर्ष अर्थात पाच हजार आठ सय चालिस दिन बितिसको छ । हाम्रा प्रियजनको साथ विना हामीले समय बिताएको ।

तर पनि घटनाको चित्र मानसपटलमै छ । प्रियजन पाउने आशा न मार्न सकिएको छ न त मरेको नै । भावनाहरु समुन्द्र झैँ उद्देलित छन् । आज त्यही कालो दिन मानसपटलमा फनफन्ती धुमिरहेको छ । लाखौ तरंगहरु छन्। हजारौ अनुत्तरित प्रश्नहरू छन् । असंख्यक भावनाहरुको बिचमा उभिएर आफैतिर फर्किन खोज्छु । प्रश्नहरुका उचित जवाफ देखिदैन । भावनाहरुमा मलम पट्टि भेटिदैन । आशाहरु मार्न पनि सकिदैन ।
३ चौमासिक त्यहि दिन चैत १८/२०५८ चैतको महिना, चर्को घाम, तलब दिन बाकी थियो । जिल्ला शिक्षा कार्यालय कालिकोटले तिनै जिल्ला शिक्षा अधिकारी युबराज शर्माले दाइको नामको अल्टिमेटम सहितको पत्र काटेका थिए । १ हप्ता भित्र जिशिकामा उपस्थित भइ तलब लिन भनि जीशिकाको उर्दिपूर्ण चिठी अबसरको उपमा लिदै त्यसलाई आधार बनाएर १७ गते घरबाट सदरमुकाम मान्म हिडेकाे भोलि पल्ट हाम्रो सबै खुसी लुटिएको दिन ।
१८ गते बिहान ९ नबज्दै समयले कोल्टे फेर्यो र सपनाहरु एकाएक चकनाचुर बनाई दियो । परिवारमा बज्रपात भएको सनसनीपूर्ण खबर सबैतिर फैलियो । हामी जुनबेला नेपाली समाज रुपान्त्रणको महाँअभियानमा थियौ ।सकी नसकी यो असामान्य अवस्थाको सामना गर्न बिबश हाम्रो परिवारको छटपटी बुझिदिने कुनै मानब नै नभएको अनुभूति परिवारमा थियो ।
जुन दिनको परिकल्पना गर्दा अझै असमान्य छ । पाच जना साना नानी बाबुको साथमा कैलाली रहनु भएकी दिदि जीवनसाथी पाउने आशामा एक्लै चप्पल बिना कालिकोटसम्म हिडेको क्षण बर्णन गर्न नसकिने घटना हाे । कुरा सुनिदिने मान्छे थिएन, आसुसँगको दैनिकी र संकटसँगको दिनचर्या बनेकाे थियो जीवन । दिनहरु बित्दै गए आशाहरु ताजै रहे, तर सबै कोसिसहरू भने नाकाम बन्दै गए ।
एउटा स्थायी शिक्षकमाथी त्यति सजिलै अकल्पनीय घटना घटाइन्छ हाेला भन्ने कल्पनासम्म पनि गर्न नसकिने । याे के ? कसरी भयाे ? सुनाउने र जवाफ दिने सबैको एउटै शब्द थियो हामी गणेश सरले देखाउनु भएको बाटोमा अबिचलित छौं । छानबिन गरेर सत्यतथ्य पत्ता लगाएर छोड्नेछाैं ।
आज पाच हजार ८ सय ४० दिनपछि त्यहि प्रतिबद्धतामा फर्केर हेर्न बाध्य छु कि, प्रियजनको अवस्था के छ ? के सजिलै आशाहरु मार्न सकिन्छन र ? सास वा लाश के हो ? जीवित झिनो आशामा उद्देलित भाबना र अनुत्तरित प्रश्नहरुको जवाफको खोजीमा आजको दिन बिशेष बन्न पुगेको छ ।
आदरणीय अभिभाबक कहाँ कुन कस्तो अबस्थामा हुनुहुन्छ ? हामी अनविज्ञ रहदा करिब १४ लाख एक सय ६० घण्टा बित्दै छ । यहाँ त एक पलको पनि निकै महत्व हुन्छ तर हामी बिनासर्त परिवेशसंग लाचार, निरिह बनिरहेका छौं । यस बेलासम्म प्रिय अभिभाबक निरिहताको गल्तीबाट उन्मुक्ति खोज्ने प्रयास नभएका थिएनन् तर पनि सफलता तिर जान सकिएको छैन ।
नेपाली समाज रुपान्तरणको युगिन अभिभारा बोकेको माओवादी आन्दोलन शान्तिपूर्ण रुपमा नयाँ नेपालको परिकल्पना गरेको पनि ११ बर्ष पुरा हुदै छ । र बृहत शान्ती सम्झौता भएको पनि ८ बर्ष पुरा भयो । यस बिचमा ठुला ठुला राजनीतिक परिघटनाहरू घटे । पहिलो संविधान संभाको चुनावमा माओवादी देशको सबै भन्दा ठुलो पार्टीको रुपमा आयो । प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पनि भए । थुप्रै सपनाहरु साँधिएका थिए यस बिचमा आशाहरुको लहडमा बरालिएको मनले केहि पाउन सक्छ की भन्ने थियो ।
नयाँ नेपालको सपना र सत्तामा प्रचण्डको उदयसंगै हाम्रा प्रियजन पाउने सपना देख्नु अन्यथा थिएन । लाग्थ्याे, पिडाहरुमा मलम पट्टि साबित हाे माओवादी उपस्थिति, र प्रचण्ड सरकार । बृहतशान्ती सम्झौतासंगै ३ महिना भित्र बेपत्ताहरुको अवस्था सार्बजनिकारण गर्ने कुरा, यो बिचमा पाँचौ पटक सरकार बदलिएर २ पटक संविधान सभाको चुनाब पनि भयो । तर अर्को बज्रपात सुरु भयो । स्थिति हामीले चाहेजस्तो, हामीले अपेक्षा गरे जस्तो बन्न सकेन । बर्षौ बित्दा पनि आज त्यहि चैत १८ का दिनहरु बेतित गर्नु बाहेक अरु केहि हुन् सकेन ।
प्रिय अभिभाबक हाम्रा सपनाहरुसँगै लाखौ नेपाली जनताका सपनाहरुमाथी तुसारापात भयाे । सपनाहरुको हत्या गरियो । आशाहरु अपहरित छन् । प्रतिक्षाहरुलाई बन्ध्याकरण गरियो । जुन कुरा प्रचण्डले ठुलो बिश्वाश्घात र गद्दारी गरे । इतिहासले प्रचण#2381;डलाइ गद्दारको रुपमा औल्याउला न औलयाउला केहि छैन । तर आज उनकाे बैभवको जिन्दगी दुनियाँसामु छर्लंगं छ ।
झुपडी र हजारौ शहिदको रगत, सयौं बेपत्ताहरुको आदर्श र सपनालाई बैसाखी बनाएका सत्ताशिन प्रचण्ड आजको दिनमा पनि मुलुकको प्रधानमन्त्री छन् । उनि भन्दै छन्, हामीले चाहेको नयाँ नेपाल यहि हो । अब आर्थीक उन्नतिसँगै समाजवादको दिशामा जानुपर्छ । आदरणीय अभिभाबक २०५८ /१२/१८ गते जुन सपना हजुरको थियो र आज पनि हामीले त्यसैलार्इ आदर्श ठानेका छौं । जुन कुनै कोणबाट पनि पुरा भएकाे छैन । त्यसको नजिक पनि पुग्न सकिएकाे छैन, बरु उल्टै प्रतिक्रान्ति मार्फत असफल संसदीय व्यवस्था प्रचण्डको अगुवाईमा जबर्जस्त लादिएको छ । र जनतालाई मुर्ख बनाउने कोशिश गरिएको छ । तिम्रो उत्तम बैभवको जिन्दगीबाट टाढा झुपडीमा रहेको म र मेरो परिवार अनि हाम्रा प्रियजनको आदर्शलाई मुर्ख बनाउने ठुलो मुर्खाताका बीच आज पनि हामीले आशाको दियो बालिरहेका छौं ।
प्रचण्डले अाफ्नाे असलता, आत्मसमर्पण र पराधिनताको साक्षी जनतालाई बनाउन अर्को नाटक मञ्चन गर्दै छन् कथित स्थानीय चुनाब भनेर । नेपाली जनताको रगत पसिना चुसेर रक्त पिपाशु बनेका तिमि संसदीय व्यवस्थाका निर्लज्ज हिमायती बनेका छौ । जुन कुरा हाम्रा सपना थिएनन् र होइनन् । आज म त्यही झुपडीबाट सपनाहरुको खोजीमा दौडीरहेकी छु ।
प्रचण्ड तिमी आलिसान महबाट लाचार भएर त्यहि दौड हेरिरहेका छौ । मैले बाटो बिराएको छैन प्रिय अभिभाबक, १६ बर्षको अन्तरालमा हाम्रो सपना र आदर्शमाथी बज्रपात भयाे, हिड्ने बाटाहरु काँडैकाँडाले भरिए । अझ भनौं जति पिडादायिक अवस्थामा कथित मुर्दा शान्तीकालिन यी बर्षहरु बितिरहेका छन् ।
हाम्रो आदर्शहरु बेचेर हामीलार्इ नै पैतालामुनी बजारिराखेकाे तितो सत्यको सामाना गरिदाँको पिडा साट्ने कुनै ठाउँ पनि देखिदैन । दिमागले सयौ क्युन्टलको भारी बाेकीरहदाँ बिसाउने कुनै चौतारी भेटिदैन । र पनि हाम्रो परिकल्पनाको सुन्दर समाज, उन्नत र सम्बृद्ध समाज, कम्युनिष्ट समाज, वैज्ञानिक समाजवादको पर्खाइमा उभिदै त्यहि बाटोमा आशाको सञ्चार एकीकृत जनक्रान्ति मार्फत गर्ने उच्च अभिलाषामा सहित होमिएकी छु।
आज पनि हाम्रा प्रियजन पाउने आशा आदर्शमा पुग्ने प्रतीक्षा प्रतिबद्दतामा दृढता घटेको छैन आदरणीय अभिभाबक हामी जस्तै दशौ हजार महान सहिदका प्रियजन लाखौ जनता र सयौ हामी जस्ता प्रियजन गुमाएका बेपत्ताका आफन्तहरुका प्रतिक्षा मुखी नयनहरु थाकेका छैनन् झुकेका छैनन् ।
– source : imandarmedia.com

Leave a Reply

%d bloggers like this: