लन्डन बाट समाज सेवी चेली भन्छिन : लाल बाबु पन्डित मन्त्रि ज्यु लाइ मेरो पत्र


बेलायतमा रहेकी सक्रिय समाजसेवी इशा गुरुङले आफ्नो फेसबुक वालमा लाल बाबु पन्डित मन्त्रि ज्यु लाइ एउटा पत्र लेखेकी छिन : उनि लेख्छिन ”लाखौ युबाहरू खाडीमा छन् , युरोप एशिया अमेरीका बेलायत तिर पनि उतिकै छन् तर हजुरले किन प्रबासी नेपालीहरूलाइ अपमान र अबहेलना गर्नुहुन्छ ???? ती प्रबासी नेपालीहरू नै देशमा आपात बिपत आउदा र देश रूदा सबै भन्दा पहिला हामी प्रबासी नेपालीहरू नै हौ सहयोग गर्ने , बिहान सुर्य उदाउन साथ देशमा के भइरहेको छ भनेर चिन्ता गर्ने हामी नै हौ र साँझ सुर्य अस्ताउदा पनि देशमा के भइरहेको छ भनेर जान्न चाहाने पनि हामी प्रबासी नै हौ , र संसारको हरेक देशमा हजुरकै पार्टीका संघ सश्थाहरू खोलेर हजुरकै पार्टीको समर्थनमा राजनितिक गर्नेहरू पनि अनगिन्ति छन् , हजुरले काठमान्ढुको गल्तीहरूमा झाड़ु कुचो लिएर फोहोर सफा गरिरहदा हामी प्रबासी नेपालीहरू हजुर प्रति गर्ब नगरेको पनि हैन .. आफ्नो सन्तान भौगोलिक दुरीमा रहेता पनि अन्तमा आँफ्नै देशको ढुन्गा, माटो, गाउ शहर लगायत सारा देश र दुँखि पिडित असहाय बेसहारा अपान्गता देखि द्वन्द पिडित सबै नेपाली लाँइ सहयोग गर्ने पनि हामी प्रबासी नेपालीहरु नै हुन् , हजुरले सोच परिवर्तन गर्न अति जरूरी छ …जब सम्म देश बनिदैन तब सम्म नेपालीहरू रोज़गारी र भबिस्य उज्यालो बनाउन यसरी नै दिनुहु देश छोड़न् बाध्य भएका छन् , बरू देशमा रोज़गारीको ब्सबस्था गर्नुस , कल कारख़ाना देखि राम्रा राम्रा विस्व बिधालयहरू खोल्नुस , ताकि बाहिर देशका मान्छेहरू हाम्रै देशमा पढन आओन् , रोज़गारी खोज्न पनि आओन् …”

” America Green Card ko Khel ” full song of Ram Prasad Khanal – a Typical Nepali Folk Duet Song, 39th Album of Ram Prasad Khanal. अमेरिकाको ग्रीनकार्ड भन्नासाथ नेपालमा एकातिर आकर्सण छ भने अर्को तिर लालबाबु पण्डित देखि केही मान्छे सम्मलाई ग्रीनकार्ड भन्ने सुन्दा पनि ज्वरो आउँछ । के छ त ग्रीनकार्डको वास्तविकता अमेरिकामा । यो गीत मा मैले अमेरिकाको ग्रीन कार्डको खेल लाई यसरी प्रस्तुत गरेको छु । आशा छ गीत पुरा सुनेर आफ्नो प्रतिकृया सुझाब र कम्मेन्ट लेख्नुहुने छ । मेरो ३९ सौँ एल्बम अमेरिका ग्रीन कार्डको खेलको प्रमुख गीत तपाईंका लागि पुरै । अनुहार कालो हुनु न त्यो लालबाबु पण्डितको दोश हो न उनलाई जन्माउने आमाको । म उनको कालो अनुहारको र उनलाई जन्माउने आदरणीय आमा प्रति पनि उच्च सम्मान प्रकट गर्दछु तर लालबाबुको मन भित्रको कालो लाई भने म छि छि भन्न मात्र सक्दछु । केही सरकारी कर्मचारीको बहानामा बिदेशमा बस्ने नेपालीहरु र ग्रीनकार्ड लिएका नेपालीहरुलाई यिनले जसरी शत्रुतापूर्ण भनाइ राख्दै र व्यबहार देखाउँदै आएका छन उनी र उनी जस्तै केही कालो मन भएका लालबाबुहरुले एक पटक यो गीत पुरै सुनुन र बुझुन ग्रीनकार्ड भित्र लुकेको ब्यथा ! मेरो बिनम्र आग्रह छ । सरकारी सेवामा भएकाहरुको सन्दर्भमा त लौ ठिकै छ छानबिन गर, रोक त्यसमा भन्नु केही छैन तर सरकारी केही कर्मचारीको बहानामा किन अरु सबै नेपालीलाई पिर्छौ ? तलका प्रश्न हरुको उत्तर पनि दिउन ति कालो मन भएका लालबाबुहरुले : १- के नेपालीहरु सबै रहरले बिदेश गएका छन ? २- के रहरले मात्र ग्रीनकार्ड होल्डर भएका छन ? ३- हरेक दिन तल्ला र उपल्ला बाटा हुँदै र धुरु धुरु रुँदै नेपालीहरु देश छोडेर बिदेश जानु पर्ने परिस्थिती कसले कसरी किन सिर्जना गर्‍यो ? ४- तिमी जस्ता लालबाबुहरुले हरेक दिन बिदेश बाट बन्द बाकसमा फर्किएका लाशहरुको मर्म कहिलै बुझ्ने प्रयास गरेका छौ त ? ५- तिमी सभासद, साँसद र मन्त्री हुँदा तिनै बिदेशमा बस्ने नेपालीले पठाएको रेमिट्यान्सबाट तलब भत्ता बजाइरहेको कुनै दिन महसुस गरेका छौ ? ६- के देश भित्रै तिमीहरुले रोजगारी र अबसर दिएका भए कुनै नेपाली बिदेशिन वाध्य हुन्थे त ?? ७- सरकारी सेवामा भएकाहरुको सन्दर्भमा त लौ ठिकै छ छानबिन गर, रोक त्यसमा भन्नु केही छैन तर सरकारी केही कर्मचारीको बहानामा किन अरु सबै नेपालीलाई पिर्छौ ?