फिफा विश्वकप: को–को पुग्लान अन्तिम १६ मा ?हेर्नुहोस नतिजा बाहिरिनु अगाडिनै आयो परिणाम

फिफा विश्वकपको ज्वरो अहिले विश्वभरी नै फैलिएको छ । १ दिनपछि रसियामा सुरु हुने विश्वकपको २१ औं संस्करणको उपाधि कसले कब्जा गर्ला ? भन्ने अड्कलबाजीहरु पनि हुन थालेका छन् ।
फुटबलका पूर्व खेलाडी, समर्थक र विश्लेषकहरुले आ—आफ्नो अनुमान गरिरहेका छन् । विश्वकप २०१८ को उपाधिका दावेदार ब्राजिल र जर्मनी हो भनेर धेरैले भविष्यवाणि गरिरहेका छन् । यी दुइ देशले उपाधि जित्न नसके अर्जेन्टिना र फ्रान्स च्याम्पियन बन्छन् भनेर पनि अनुमान भइरहेका छन् । एकथरि विश्लेषणले बेल्जियम, स्पेन र पोर्चुगल क्वाटर फाइनलसम्म पुग्छन् पनि भनेको छ ।
फिफा डट कम, द टेलिग्राफ र द गार्डियन लगायतका वेवसाइहरुले सहभागि टिमहरुको विश्वकप रेकर्ड, एक वर्षको प्रदर्शन र फिफा वरियताका आधारमा आ–आफ्ना विश्लेषण गरेका छन् ।
पेलेको स्वीकारोक्तिः ब्राजिल दावेदार होइन
म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे मोरिन्हो, कोलम्बियाका फरवार्ड हामस रोड्रिग्ज लगायतहरुले आफ्नो यसपटकको विश्वकपलाइ लिएर आफ्नो अनुमान गरिरहेका छन् । यसैबीच, ब्राजिलका महान् खेलाडी पेले आफ्नो देशलाई यसपटकको विश्वकपको दावेदार मानिरहेका छैनन् । उनी भन्छन्, ब्राजिलियन टिमको सन्तुलन मिलिरहेको छैन् । पेलेका अनुसार ब्राजिलमा अनुभवी र युवा पुस्ताका खेलाडीविचको खाडल बढी छ । यी सबैको विश्लेषणलाई आधार मान्ने हो भने ब्राजिलियन टिम अन्तिम ८ सम्म पुग्न सक्ने पेलेको अनुमान छ ।

अहिलेसम्म १२ टिमले मात्रै खेलेका छन् फाइनल
अहिलेसम्म २४ टिमले अन्तिम ४, अर्थात सेमिफाइनल खेल खेलेका छन् । जसमा १२ टिम मात्र फाइनलमा पुगेका छन् भने ८ टिमले मात्रै विश्वकपको उपाधि जितेका छन् । जर्मनी १३ पटक अन्तिम ४ मा पुगेको छ, जुन सर्वाधिक धेरै हो । ८ पटक जर्मनी र ७ पटक ब्राजिल फाइनलमा पुगेका छन् । इटाली ६ पटक र अर्जेन्टिना ५ पटक फाइनल पुगेका छन् । ब्राजिलले सर्वाधिक ५ पटक उपाधि जितेको छ भने जर्मनीले ४ पटक जितेको छ ।
यी १६ टिम अन्तिम ८ मा पुग्न सक्छन्
समुह एः उरुग्वे र इजिप्ट
फिफा वरियता:
उरुग्वे १४ र इजिप्ट ४५ स्थानमा छ । आयोजक रुस ७० र साउदी अरब ६७ औं स्थानमा छन् । रुस विश्वकपमा सहभागिमध्ये वरियतामा सबैभन्दा तल रहेको राष्ट्र हो ।
प्रदर्शन:
उरुग्वेले २ पटक विश्वकपको उपाधि जितेको छ भने दक्षिण अमेरिकी क्वालिफायर राउण्डमा १८ मध्ये ९ खेल जितेको छ । उता, इजिप्टले ७ मा ५ खेल मात्रै जितेको छ । उसले पछिल्ला ५ मैत्रीपूर्ण खेलमा ३ खेल हारेका छ भने २ खेल ड्र भएका छन् । तर उसले सबै खेल आफुभन्दा माथिल्लो वरियताका टिमसँग खेलेको थियो ।
समुह बिः स्पेन र पोर्चगल
फिफा वरियता:
पोर्चुगल ४ स्थानमा छ भने स्पेन १० औं स्थानमा छ । त्यस्तै इरान ३७ औ र मोरक्को ४१ औं स्थानमा छ ।
प्रदर्शन:
यो समुहमा दुइ हाइप्रोफाइनल राष्ट्र स्पेन र पोर्चुगल रहेका छन् । स्पेनले क्वालिफायरमा १० म्याच मध्ये ९ जित्यो । ५ मैत्रीपूर्ण खेलमा २ जित्यो १ हार्यो भने पोर्चुगलले पनि क्वालिफायर राउण्डमा कुल १० खेलमध्ये ९ खेल जित्यो । ५ मैत्रीपूर्ण खेल खेलेको पोर्चुगलले २ जित्यो र १ हार्यो । यो समुहमा दोस्रो राउण्डमा प्रवेश गर्ने टोली यिनै दुइ हुनसक्छन् ।
समुह सीः फ्रान्स र डेनमार्क
फिफा वरियताः
फिफा वरियतामा फ्रान्स ७ औं स्थानमा छ भने डेनमार्क १२ औं मा छ । यो समुहमा रहेको पेरु ११ औं स्थानमा छ । अष्ट्रेलिया ३६ औं स्थानमा छ । फ्रान्स विश्वकप फुटबलको पूर्व च्याम्पियन राष्ट्र पनि हो ।
प्रदर्शन:
फ्रान्सले क्वालिफायरमा कुल १० खेल मध्ये ७ खेलमा जित हात पारेको थियो । यो वर्ष भएका ५ मैत्रीपूर्ण खेलमा ३ मा जित, १ मा बराबरी र १ मा हार व्यहोरेको छ । डेनमार्कले क्वालिफायरमा ६ खेल मात्रै जित्यो । ५ मैत्रीपूर्ण खेलमा २ मा जित, २ मा बराबरी र १ मा हार व्यहोर्यो । समुह
डीः अर्जेन्टिना र क्रोएशिया
फिफा वरियता:
अर्जेन्टिना फिफा वरियतामा ५ औं स्थानमा छ भने क्रोएशिया २० औं स्थानमा छ । यहि समुहमा रहेको आइसल्याण्ड २२ औं र नाइजेरिया ४८ औं स्थानमा छ । आइसल्याण्ड पहिलो पटक विश्वकप खेल्दैछ ।
प्रदर्शन:
अर्जेन्टिनाले क्वालिफायरमा ७ खेल जित्यो । अर्जेन्टिना क्वालिफायरको अन्तिम खेलमा लियोनेल मेस्सिको ह्याट्रिकका कारण विश्वकपमा छानिएको हो । त्यसयता ५ मैत्रीपूर्ण खेलमा ३ मा जित, १ मा बराबरी र १ मा हार व्यहोरेको थियो ।

क्रोएशियाले क्वालिफायरमा १० खेल खेल्यो र ६ मा जित निकाल्यो । यो वर्ष उसले ३ मैत्रीपूर्ण खेल खेलेकोमा १ मा जित र १ मा हार व्यहोर्यो । यो समुहमा अर्जेन्टिना दुइ पटकको विश्व च्याम्पियन राष्ट्र पनि हो ।