पीएन क्याम्पसमा बिद्यार्थीको ढुङ्गा लागेर भक्लक्कै ढले पुलिस ! बिद्यार्थीको आन्दोलन ! भिडियो

२९ पोखरा ।
पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाली काँग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षप गरे पछि पोखराका पृथ्वीनाराण क्याम्पस गेट अगाडी अाज झडप भएको छ ।

मसाल लिएकी एक महिला माथि पुरुष प्रहरीले हस्तक्षप गरे पछि प्रहरी र विद्यार्थीबीच झडप भएको विद्यार्थीले बताएका छन् । नेविसंघकी विद्यार्थी नेतृ नमुना नेपाली र समिप केसीले बोकेको मसाल प्रहरीले नियन्त्रणमा लिन खोजेपछि झडप सुरु भएको थियो । राँके जुलुस निकाल्न नदिने आदेश भन्दै प्रहरीले राँका खोस्न थालेपछि झडप भएको हो ।

नेविसंघ विद्यार्थीहरुले मसाल बोकेर पिएन क्याम्पस गेट अगाडि सरकार विरुद्ध नारा लगाएका थिए । मूल्यवृद्धि फिर्ता गर्, ओली सरकार मुर्दाबाद नारा लगाएका थिए । प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार र एक राउण्ड गोली हवाइ फायर गरेको घटनास्थल रहेका पत्रकार विजय नेपालीले जानकारी दिए । झडपमा दुई जना प्रहरी र २ विद्यार्थी घाईते भएका छन् ।

हेरौ भिडियो :