रवि लामिछाने देखि नरेन्द्र मोदीसम्मको अहिलेसम्मकै खतरा क्यारिकेचर गर्ने रुपेश बोहोरा भन्छन्, ‘अरुको भन्दा फरकखालको प्रस्तुति दिन चाहान्छु।’ [हेर्नुहोस् भिडियो]

भक्तपुर। रुपेश सिङ बोहोरा सुक्लाफाट नगरपालिका, कन्चनपुरका वासिन्दा हुन्। अहिले उनी किर्तिपुरमा बस्दै आएका छन्। आफ्नो पढाईको शिलशिलामा काठमाडौँ आएका उनी मिडियामा काम गर्न रुचि भएकाले कलाकारिता तिर लागे। मास्टर्स दोस्रो वर्षमा एजुकेसन म्याथम्याटिक्स विषय लिएर अध्ययनरत उनी एक शिक्षक हुन्। विद्यालयमा पढाउनु सँगसँगै उनमा कलाकारिताको प्रतिभा पनि उत्तिकै छ।

रुपेश करिव ६० – ७० जनाको क्यारिकेचर गर्न सक्छन्। प्रख्यात नाम चलेका राजनीतिज्ञ देखि लिएर हास्यब्यंग कलाकार र कार्टूनको क्यारिकेचर गर्न सक्ने क्षमता भएका उनमा प्रतिभाको कुनै कमि छैन। आफुमा प्रतिभा भएकै कारण उनी जनता नेटवर्क मिडिया १०२.७ मेगाहर्जमा कार्यक्रम प्रस्तोताको रुपमा पनि कार्यरत छन्। उनी ‘कमेडी कम्बिनेसन’ नामक हास्यब्यंग कार्यक्रम संचालन गर्ने गर्दछन् र आम स्रोतालाई मनोरंजन दिने गर्दछन्।

बेलाबखत स्टेज शो समेत गर्न पछि नपर्ने रुपेश स्टेजमा उद्घोषण सँगसँगै आफ्नो ठट्यौली प्रस्तुतिले पुरै माहोल रमाइलो बनाउन पोख्त छन्। विद्यालय जीवन देखि नै क्यारिकेचर गर्ने उनी साथीसंगीको हौसलाले गर्दा नै आज यो ठाउँ सम्म आइपुगेको बताउछन्। परिवारको तर्फबाट पनि उनले भरपुर साथ् पाएकोमा उनलाई अघि बढ्न निकै सजिलो भएको उनको भनाइ रहेको छ।

प्राक्षिक विद्यार्थी परिषद, नेपाल स्वतन्त्र विद्यार्थी संगठन मार्फत रुपेश सामाजिक काममा पनि अग्रसर हुने गर्दछन्। उनी त्रिभुवन विश्व विद्यालयका सम्योजक यवं केन्द्रिय सदस्य पनि हुन्। उनमा राजनीतिमा लगाव पनि रहेको हुनाले उनी संघसंथामा आवद्द हुन रुचाउछन्। यस्ता संघसंस्थामा आवद्ध भएर सामाजिक काम गर्नु उनको जीवनको उदेश्य रहेको उनको भनाई रहेको छ।

उनी भन्छन् , ‘क्यारिकेचर त अहिले धेरैले गर्छन् तर म ती धेरै भन्दा अलग हुन चाहान्छु। म आफ्नो प्रतिभाले समाजको लागि केहि गर्न चाहान्छु। ‘ उनी आफ्नो प्रतिभाका मार्फत सामाजिक कार्यमा योगदान दिन चाहन्छन्।

हेर्नुहोस् भिडियो