कमेडील डान्सले भरिपूर्ण झम्केफूली रेलीमाई म्यूजिक भिडियो

स्कटनेपाल,

निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा टेवा पुराउदै आएका अहिलेका चर्चित गाएक सन्जिब पराजुली र गायिका अबुन पाण्डेले भर्खरै मात्र “झम्केफुली रेलिमाई” बोलको गीत सार्वजनिक गरेका छन् । नेपाली लोक भाकामा रहेको यो गीतमा रचनाकार रमेश दहालका उत्क्रीष्ट शब्दहरु रहेका छन् । संगीतकार टिका दाहाल को संगीत ले सजिएको यस गीतमा म्युजिक अरेन्ज गोपाल रसाइलीको रहेको छ ।

प्रस्तुत गीतलाई सगर राज फिल्मसका डाइरेक्टर सगर राज ले निर्देशन गर्नु भएको छ । गीतलाई जिवन्त रुप दिई क्यामरामा अनिल के मानन्धरले कैद गर्नु भएको छ भने शिलन लम्सालले एडिटिंग र कलरिंग गर्नु भएको छ । कलाकारहरु दीप्सन परियार, अश्मी भण्डारी, सुर्य योञ्जन, अभिलाषा शर्मा, अनिल छ्यत्री, संगीता गुरुङ, सागर राई र बबिता श्रेष्ठले अभिनय मार्फत गीतको भाव ब्यक्त गरेका छन् । गीतलाई सुर्य योञ्जन र ग्रूवी बोइजले कोरिओग्राफ गर्नु भएको छ ।

गीतलाई ‘कंडेल कन्सोलटेनसी इडुकेसन र माईग्रेशन सर्विस’ ले प्रयोजन गरेको छ ।

रमाइलो म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

[youtube https://youtu.be/ZU2FHan0iaw]