धेरै कलाकार हरुलाई भनिन्छ : स्वरमा जादु छ तर हजुर भित्र त लोक संगीतको खानी रहेछ !! (भिडियो सहित)

टिका अधिकारी / स्कटनेपाल युके,

नेपाली लोक दोहोरीको क्षेत्रमा बिगत दुई दशक अगाडी देखि निरन्तर रुपमा लागी रहेका एस्ता एक जना हस्ती जसले लाखौँ श्रोता र दर्शकहरुको मन मुटु र ढुकढुकीमा बस्न सफल् बरीष्ट लोक तथा दोहोरी गायक हुन् बिमलराज क्षेत्री।

बहुचर्चित बरीष्ट एक अब्बल अनि सुमधुर आवाज का धनी गायक हुन् बिमलराज क्षेत्री । धेरै समय अगि देखी साङितिक यात्रामा लागेका बिमलराज थुप्रै गितहरु बजारमा पस्किसकेका छन्। बल्लै भो भेट, जापान टोकीयो, सुपारी चाम्रो, मधु बनैमा, बाटो छ भीरालो, काफल पाकेको जस्ता धेरै गीत् हरु उहाका अहिले पनि उत्तिकै चर्चाका शिखरमा छन ।

औठी स्वोयम्बर को, माघे जति बर्दान पाको भा, हिमाल सेतै छ, बल्लै भो भेट् गित ले बजारमा चर्चा कमाउन सफल भयो। शब्द अनि स्वोर उत्तिकै भएका गायक बिमलराज छेत्री पर्बत मा जन्मिएर गायन छेत्र लाइ प्राथमिकता दिदै काठमाडौँ झरे। अति मिठो स्वोर अनि मन मा बस्ने गायक हुन् छेत्री।

जाउँन माया जाउ मेला हेर्न जाउँ स्वर्गद्धारी डाडैमा माया प्रिती लाउबाट गित संगितको यात्रा शुरु गरेका बिमलले बल्लै भो भेट, लुम्ले काडे जाउँ, जापान टोकियो, रानी घाटैमा, मधु बनैमा, अंगुर अमिलो, चसपारी चाम्रो, मध्यपश्चिम कि, चैतै दशै मेलैमा, औठी स्यमबरको, हिमाल सेतै छ, औठी कुशैको, डुल्छु रन वन, पर्वत मेरो गाउँ जस्ता सयौं गितहरुको कारण बिमलराज क्षेत्री गित संगितको दुनियामा निकै चर्चामा रहेका यीनै गितहरुको कारण बिमलले अफुलाई पछाडी फर्केर हेर्न नपरेको बताउँछन् ।

बिमलराज क्षेत्री अहिले आफ्नो सांगीतिक यात्रा बोकेर बेलायतमा पर्वासी नेपाली हरुलाई मनोरंजन दिदै छन् । उनि भन्छन बेलायत जस्तो ठाउमा आएर दर्शक हरुको मन मुटुमा बस्न पाउदा धेरै खुसी लागेको छ । गित संगितमा उनको कृयाशिलता अझै बढ्दै जाओस स्कटनेपाल डटकमको तर्फबाट पनि हार्दिक शुभकामना ।