Sunday , August 20 2017
Breaking News

छोराको व्रतबन्धमा पारस, जेठी छोरीसँग खिचाए हँसिलो तस्वीर

काठमाडौं, १८ चैत – पूर्वराजा ज्ञानेन्द्र शाहका नाति एवं पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहको बिहीवार व्रतबन्ध भएको छ । निर्मल निवासमा भएको व्रतबन्ध समारोहमा पारिवारिक पाहुना निम्त्याइएका थिए ।

तर दिउँसो ३ बजेतिर एकाएक हल्ला फैलियो – छोराको व्रतबन्धमा पारस शाह अनुपस्थित भए ।

लोकान्तरले विभिन्न स्रोतसँग सम्पर्क गरी पारस शाह छोराको व्रतबन्धमा गए/नगएको पुष्टि ग–यो ।

त्यसक्रममा के पत्ता लागेको छ भने छोराको व्रतबन्धमा पारस उपस्थित त थिए नै, धेरैपछि उनले परिवारसँग खुशी साटासाट गरेको समेत पाइएको छ । पारसले आफ्नी ठूलो छोरी पूर्णिका शाहसँग तस्वीर खिचाएका रहेछन् ।


तस्वीरमा बाउछोरी मुस्कुराएका देखिन्छन् । २०६५ सालमा राजतन्त्रको अन्त्यसँगै पूर्वराजा ज्ञानेन्द्र र पारस शाहको सम्बन्ध राम्रो नभएको टिप्पणीहरू चलिरहन्छन् ।

यतिसम्म कि पारस र उनकी पत्नी हिमानीबीच पनि राम्रो सम्बन्ध नभएको खबर बेलाबेला आइरहन्छन् । एउटा तथ्य के हो भने पारस निर्मल निवासभित्र बस्दैनन् । उनी सुनाकोठीस्थित एक घरमा भाडा बस्दै आएको उनीनिकट स्रोतहरू बताउँछन् ।


सँगै नबस्ने भएकाले होला, कतिपयले छोराको व्रतबन्धमा पारस उपस्थित नभएको हल्ला चलाए । तर लोकान्तरले प्राप्त गरेका केही तस्वीरमा निर्मल निवासभित्र पारसका पुत्र हृदयेन्द्रको व्रतबन्ध हुँदै गरेका दृश्य देखिन्छन् भने छेउैमा पारसले आफ्नी छोरीहरूसँग हाँसी हाँसी तस्वीर खिचेको पाइएको छ ।

केही वर्षअघि सार्वजनिक भएका तस्वीरको तुलनामा छोरी पूर्णिकासँग खिचिएको तस्वीरमा पारसको अनुहार चम्किलो देखिन्छ । के पारस सुध्रँदै गएका हुन् ? वा पारसको परिवारमा पुनर्मिलन हुन लागेको हो ? बाउछोरीको यो हँसिलो तस्वीरले फेरि एकपटक यो जिज्ञासा उत्पन्न गराइदिएको छ ।

तस्वीर स्रोत : पूर्व राजपरिवार सदस्य

शुक्रवार, चैत्र १८, २०७३ मा प्रकाशित

लोकान्तर बाट साभार : 

Leave a Reply