यो बर्ष ड्यालस टेक्ससमा मिस नेपाल यूएस हुने ,बिजेतालाई $ ५ हजार डलरको छात्रवृत्ति

अमेरिकामा सन् २०११ देखि मिस नेपाल यूएस(मिस नेपाल अमेरिका)सफलता पूर्वक सम्पन्न गर्दै आएको उक्त प्रतियोगिता यो बर्ष टेक्ससको ड्यालसमा हुने भएको छ ।

आयोजकले एक छापा बिज्ञप्ति मार्फत अमेरिकाका नेपाली समुदायले दिएको हौशला ,अपार माया, सद्भाव तथा सहयोग प्रति धन्यवाद दिएका छन् । यसलाई अझ व्यवसायिक तथा स्तरीय बनाउन झन्डै २ बर्ष खर्चिएको बताएका छन् ।

उक्त छापा बिज्ञप्तिमा यसलाई अर्को स्तरमा पुर्याउन र व्यापक बनाउन अनुसन्धान र विशेषज्ञहरूसँग गहिरो परामर्श पछि मिस नेपाल यूएस छैठौ संस्करण गर्न तत्पर रहेको जानकारी दिएका छन् ।

यस वर्ष नेपाल अमेरिका आगामी अगस्ट १९ ,२०१८ आइतबार हुने भएको छ । नेपाल 11 इन्टरटेन्टमेन्टको नयाँ व्यवस्थापन अन्तर्गत ड्यालस टेक्ससमा आयोजित गरिने भएको छ। नेपाली मूलका १८ देखि २५ बर्ष उमेरका महिलाले यो प्रतियोगितामा सहभागिता लिन पाउने छन् ।

विजेतालाई अध्ययनको लागि $ ५ हजार को आकर्षित छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिताको अन्तिम चरणमा विशेषज्ञहरुको साथमा बिस्तृत प्रशिक्षण प्राप्त गर्ने छन् ।

आयोजकले अमेरिकामा संचालनमा रहेका सबै संचार माध्यमलाई यसको प्रचार प्रसार गर्न आग्रह गरेका छन् । साथै नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्नका लागि अनुरोध समेत गरेका छन् ।

बिस्तृत जानकारीको लागि कृपया आयोजकहरुसँग यस ईमेल मार्फत Organizer@missnepalus.com सम्पर्क गर्न आग्रह गरेका छन् ।