गृहमन्त्रीको चेतावनी : काम नगर्ने ठेकेदार प्रचण्डका घरबेटीलाई पनि नछोड्ने (भिडियो सहित)

गृहमन्त्री रामबहादुर थापाले समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार जो कोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिएका छन्। समयमै निर्माण कार्य कार्य सम्पन्न नगर्ने ठेकेदारमाथि कार्वाही अभियान संचालन गरेका गृहमन्त्री थापाले राज्यको ढुकुटी दुरुपयोग गर्ने ठेकेदार ठूलै नेता भएपनि नछाडने चेतावनी दिएका हुन्।

घरधनी, सांसद वा ठूलै नेता भएपनि समयमै कार्य सम्पन्न नगर्ने ठेकेदार अपराधि हुने र उनीहरुलाई राज्यले कार्वाही गरेरै छाडने गृहमन्त्री थापाको भनाइ छ। गृहमन्त्री थापाले सरकारले राज्यको ढुकुटी दुरुपयोग गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्ने ठेकेदार प्रचण्डकै घरधनी भएपनि नछाडने दृढता जिकिर गरे।

बुधबार गृह मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले सडकको काम अधुरै छाडेका प्रचण्डका धरधनी शारदाप्रसाद अधिकारीलाई कार्वाही गर्नु हुन्छ भन्ने गरेपछि त्यसको जवाफमा राखिएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले सरकार कानुन उलंघन गर्ने जो कोहीलाई कार्वाही गर्न बाध्य हुने बताएका हुन्।