मेरि बास्सैका हिरो धुर्मुस र हिरोनी सुन्तलीलाई मेरो केही प्रश्नहरु ?


कृपया अन्तिम सम्म पढेर मात्र कमेन्ट गर्नुहोला।

तपाईहरुले मेरि बास्सैमा दुनियालाई हसाएर चर्चित हुदाहुदै पनि किन सामाजिक काममा लाग्ने अठोट गर्नु भो? के यहि गाली र सराप खानको लागि हो?

अरुको दुख देखेर तपाईहरुको मन किन जल्यो?
के तपाइहरुको जिवनमा आफ्नो दुख थिएन र अरुको पिडामा मलम लगाउने काम गर्नु भो किन? के यहि गाली र सराप खानको लागि हो?

काखे छोरिलाई घरमा छाडेर बस्ती बनाउन दुबैजना मरिहत्ते गर्नु भो किन? के यहि गाली र सराप खानको लागि हो?

भुकम्पले तपाईहरुको घर त बिगारेको थिएन नि तर तपाइहरुको मन किन पोल्यो, तपाइहरुको मनको घर किन भत्कायो? के यहि गाली र सराप खानको लागि हो?

नेपालका नालायक/खलनायक राजनेताहरु बाट चिनिनु भएको थिएन र सामाजिक काम गर्न आउनु भएको? के यहि गाली र सराप खानको लागि हो?

बस्ती निर्माण गर्न किन रहर लाग्यो तपाईहरुलाई? के यहि गाली र सराप खानको लागि हो?

#धुर्मुस सुन्तली जि तपाईहरु यो नेपाल भन्ने देशको लागि सामाजिक काम गर्नु केही मान्छेहरुलाई सहि सक्नु भएन। मेरि बास्सैमा रुनपर्ने नाटक गर्दा आखामा भिक्स लगाएर जबर्जस्ति आँसु निकाल्ने तपाइहरु आज पत्रकार सम्मेलनमा कसरी आँसु लुकाउने भनेर हजार कोशिस गर्नुहुन्छ।

तर तपाइहरुको साथ र समर्थन गर्ने लाखौ करोडौं छन भने बिरोध गर्ने ८/१० जना जनावर हरु हुन। तपाइहरुलाई नराम्रो भन्ने ######## जस्ता जनावरहरुले आत्महत्या गरेर मरे हुन्छ।

तपाईंहरुको काम देखेर म आफू बसेको ठाउँ बाट उठेर तपाइहरुलाई grand salute गर्न चाहन्छु।

सधै अरुलाई हसाउने मान्छेको आखामा पिडाले भरिएका आँसु देख्दा यो मन थाम्न सकिन! म आफ्नो ब्याक्तिगत रुप बाट यो चाहन्छु कि तपाइहरु सक्कली भन्दा नक्कली नै सहि हुनु भयो! सक्कली मुहार र मनले गर्दा तपाइहरुले धेरै सराप खानु पर्‍यो।

मेरो लेखाईमा कुनै गलत अर्थ लागेछ भने म हृदय देखि क्षमा चाहन्छु।
#तपाईहरुको_सुभचिन्तक
मनिस खत्री
पाल्पा