“आज मुड चल्या छ” सार्बजानिक यसरी तताउदै बजार (भिडियो सहित)

काठमाडौँ : बरिष्ट तथा चर्चित लोकदोहोरी गायिका धनकुमारी थापा (सरु), गायिका पूर्ण कला बिसी तथा लोक दोहोरि गायक बिक्रम थापाको दोहोरि गित “आज मुड चल्या छ दोहोरि गित गाउ”को म्युजिक भिडियो एक भब्य कार्यक्रम बीच सार्बजनिक भएको छ l दशकौ देखि लोक गायन क्षेत्रमा लागेर चर्चित गीतहरु गाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाउन सफल बरिष्ट लोक दोहोरि गायिका धन कुमारी थापा (सरु) , गायिका पूर्णकला बिसी र मिठो स्वरका धनि गायक बिक्रम थापाको नया दोहोरि गित “आज मुड चल्या छ दोहोरि गित गाउ” सांगीतिक बजारमा आएको हो l

दरबारमार्गमा भएको एक कार्यक्रममा सो गीतको म्युजिक भिडियोलाई प्रमुख अतिथि नेपालि कांग्रेस क्षेत्रिय सभापति नुवाकोटका अर्जुन न्युपाने, बिसेष अतिथि नायक कलाकार तथा ग्लोबल फिल्म अवार्डका अधक्ष्य नबराज श्रेष्ठ, अतिथिहरु संगीतकर्मी, संचारकर्मी तथा श्रस्टा सुबाष रेग्मी, संचारकर्मी किरण प्रशाद अधिकारि, गीता अधिकारि, सरिता आचार्य, नायिका कसिश दाहाल, रेजिना भारती लगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा म्युजिक भिडियोलाई बिमोचन गरिएको थियो l

म्युजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा तथा मोडल अन्जली अधिकारिको बेजोड नृत्य तथा अभिनय रहेको छ l शब्द तथा संगीत कारण न्यौपानेको रहेको यस गीतको म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका हुन l

कला र गलाको धनि बरिष्ट तथा चर्चित लोक गायिका धन कुमारी थापा सरुलाइ लोक सस्कृतिको एक धरोहर स्रस्टा मान्न सकिन्छ l नुवाकोट जिल्लामा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी चर्चित लोक दोहोरि गायिका धन कुमारी थापा सरु बिगत दुइ दशक देखि आफ्नो कला, भाका, लोक सस्कृति र पहिचान जोगाउन तल्लिन छिन l नेपालमानै पहिलो पटक रोदी अर्थात लोक दोहोरी साझ खोलेर लोक दोहोरिलाई ब्यबसायिक रुपमा अगाडी बढाएर निरन्तर रुपमा नेपाली लोक भाका, सस्कृतिको पहिचानलाइ जिबन्तरुप दिन सफल चर्चित तथा बरिष्ट लोक गायिका धन कुमारी थापा (सरु) नेपाली लोक संगीत क्षेत्रकि एक नक्षत्र बन्न सफल भएकी चर्चित गायिका हुन l निरन्तर रुपमा लोक संगीतको साधना गर्दै आएकी गायिका धन कुमारीले दर्जनौ चर्चित लोक गायक गायिकाहरु लाइ समेत आफ्नो रोदी घर बाट उनीहरुलाई स्थापित बनाउदै नेपालि लोक सांगीतिक फाटमा उत्पादन गरिसकेकी छिन l तसर्थ पनि उनलाई लोकसंगीतको हस्ती मानिन्छ l उनि गायिका मात्र नभएर एक कुशल गीतकार पनि हुन l

भिडियोलाई बिन्द्याबासिनी म्युजिकले बजारमा लिएर आएको हो l भिडियो हेर्नुहोस :