बजेट भाषणले बनायो डा. बाबुरामलाई निराश, अन्य नेताको यस्तो प्रतिकृया (भिडियो सहित)

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कम्युनिस्ट सरकारले ठूलो मौका गुमाएको भन्दै बजेटले आफूलाई निराश बनाएको प्रतिक्रिया दिनुभएको छ ।
भट्टराईले बहुमत प्राप्त वामपन्थी सरकारको बजेट पुरानैको निरन्तरतामात्र भएको टिप्पणी गर्नुभयो । बजेटबारे प्रतिक्रिया दिदै उहाले बजेटबाट सरकारलाई नै नोक्सान हुने बताउनुभयो । डा. भट्टराईले स्थानीय तह र प्रदेशलाई जम्मा ४ खर्बमात्र विनियोजन गर्नु गम्भीर त्रुटी भएको प्रतिक्रिया दिनुभयो । त्यस्तै अन्य दलका नेताहरुले पनि बजेटका बारेमा मिश्रित प्रतिक्रिया दिएका छन् ।
यस्तै व्यवसायीहरुले बजेटका बारेमा मिश्रित प्रतिक्रिया दिएका छन् ।बजेट सार्वजनिक भएपछि संसद भवनमा कुरा गर्दे नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आफुहरुले दिएको अधिकांश सुझाव बजेटमा परेको बताउनुभयो । उहाले बजेट कार्यान्वयको पाटो भने चूनौतिपूर्ण रहेको बताउनुभयो । त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गीरिले नीजी व्यवसायीले आपेक्षा गरे अनुसारको बजेट नआएको बताउनुभयो ।
हेरौं अन्य नेताहरुले बजेटको बारेमा के कस्तो धारण व्यक्त गरे ?