पार्टी एकतापछि प्रचण्ड र देउवा आमुने सामुने ? के भने एकले अर्कोलाई ? (भिडियो)

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापती सेरबहादुर देउवा कम्युनिष्ट पार्टी एकता पछि पहिलो पटक आमुने सामुने भएका छन् ।
गणतन्त्र दिवसका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले मंगलबार काठमाडौंको शान्तिबाटीकामा गरेको कार्यक्रममा उनीहरु भेट भएका हुन् । कार्यक्रममा बोल्दै सेरबहादुर दउवाले जनतालाई भ्रममा मात्र नपारी काम गरेर देखाउन सरकारलाई आग्रह पनि गर्नुभयो । देउवाले वामपन्थी सरकारले व्यवहारमा प्रजातन्त्र प्रदर्शन गर्न सक्नुपर्ने पनि बताउनुभयो । देउवाले आफू प्रजातन्त्रवादी हो भनेर वामपन्थीहरुले भन्दै आएकाले त्यो आचरणमा देखिनुपर्ने धारणा राख्नुभयो । देश गणतन्त्र र संविधानको कार्यान्वयनको महत्वपूर्ण बाटोमा हिँडेको उल्लेख गर्दै देउवाले नेपालमा पूँजी नभएकोले विकासका लागि लगानी भित्राउनुपर्ने सुझावसमेत दिनुभयो ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र लोकतन्त्रको विपक्षमा उभिने शाहस अब कसैको नभएको बताउनुभयो । सबै दललाई इमान्दारिताका साथ राष्ट्रिय लक्ष्यमा केन्द्रित हुन उहाले आह्वान पनि गर्नुभयो । ।