पोखरामा सन्दीप लामिछानेको क्रेज, स्कुलले दियो एक लाख (भिडियो सहित)

इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर सबैतिर चर्चा बटुलेका नेपाली क्रिकेटर सन्दीप लामिछालाई पोखरामा सम्मान गरिएको छ ।
प्रदेश ४ की सामाजिक बिकास मन्त्री नरदेवी पुन र प्रतिभा उच्च मावि र अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलले लामिछालाई सम्मान गरेका हुन् ।प्रतिभा उच्च मावी र अटोवेज प्रालि पोखराले आज संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी नगद १ लाख र सम्मान पत्र सहित सम्मान गरेको छ ।सन्दीपले क्रिकेटका मार्फत गरेको प्रर्दशनलाई हौषला बढाउनका सम्मान गरिएको अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा बोल्दै सन्दीप लामिछानेले सधै यस्तै माया पाउँने आशा व्यक्त गरे । उनले आईपिएलबाट आफूले केहि सिकेको र त्यो नेपाली क्रिकेटमा लागु गर्ने पनि बताए ।