मरेकी सतिदेबी सम्झदै महायज्ञमा नक्कली शिबको रुवाबासी (भिडियो)

श्रीस्वस्थानी ब्रतकथामा महादेब, सतिदेबी र दक्षप्रजापतिको कथा त हामीले सुनेका हौं । महादेबलाई गाली गरेपछि सुन्न र सहन नसकेर आगोमा हाम्फालेर सतिदेबीले प्राण त्याग गर्छिन् । मृत सतिदेबीको शरिर बोकेर भगवान महादेब बौलाह झै दौडिन्छन् । बिभिन्न ठाउँमा पुग्दा सतिदेबीका अंगहरु कुहिएर पतन हुन्छन् । शरिरको सम्पूर्ण अंग पतन नहुँदा सम्म बोकिरहन्छन् । यहि कथालाई आधार मानेर महायज्ञमा यसको नाटकिए रुप उतारिएको छ । कास्कीको घाचोकमा भएको महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथा बाचन गर्नुभएको थियो ।