Friday , August 18 2017
Breaking News

भोजपुरी फिल्मकी सनी लियोन

चर्चित पोर्न स्टार र अहिले बलिउडमा पोर्न स्टारबाट आफ्नो छबि बदलेर नायिकाको रुपमा भारतीय फिल्म इन्डस्ट्रिमा जमिरहेकी सनि लियोनको थुप्रै फ्यानहरु छन् ।

भारतमा क्षेत्रीय रुपमा थुप्रै फिल्महरु बन्ने गर्छन् ।क्षेत्रीय भाषामा बन्ने भोजपुरी फिल्मका थुप्रै दर्शकहरु छन्। यसैमा एक भोजपुरी फिल्मकी अभिनेत्री ‘पल्लवी सिंह’ ले आफ्नो शरिर र अनुहार सनि लियोनी जस्तै भएको भन्दै आफ्नो नाम पल्लवी बाट सनि राखेकी छिन् ।

उनको लोकप्रियता बढ्दै गईरहेको छ । पल्लवी सिंह उर्फ सनिले हरेक कुरामा सनि लियोनको कपि गर्ने गर्छिन् । मानिसहरुले उनलाई सनि सिंह भनेर बोलाउन थालेका छन् ।
हालै उनले आफ्नो जन्मदिन मनाईन्,जन्मदिनको पार्टिमा समेत उनलाई साथीहरुले तिमि त सनि लियोन जस्तै देखिन्छौ भनेर प्रसंशा गरे ।

पल्लवीका अनुसार २०१२ मा उनले पहिलोपटक सनि लियोन लाई टिभीमा देखेर आश्चर्यमा परेकी थिईन् -उनको र सनिको अनुहार दुरुस्तै मिल्छ । त्यसपछि पल्लवीले सनीलाई आफ्नो आदर्श मान्न थालिन् ।

Leave a Reply