चुडामणि उप्रेती (गोरे) पक्राउ परे लगतै युके बाट इशा गुरुङको प्रतिक्रिया यस्तो आयो (भिडियो सहित)

स्कटनेपाल युके,

बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि सामाजिक अभियन्ता मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । अहिले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनारका लागि उनी दिनरात नभनी अभियान चलाई ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण भएको थियो। उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोहि कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन ।

इशाले अहिले सुन तस्करी र सनम शाक्य हत्या काण्डका प्रमुख अभियुक्त चुडामणि उप्रेती (गोरे) लाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको बिषय बस्तुलाइ लिएर आफ्नो फेसबुक लाइव मार्फत केहि जानकारी पनि दिएकी छन् । सुन तस्करी र सनम शाक्यको हत्या अनुसन्धानका लागि गठित समितिले, ८ जेठमा पत्रकार सम्मेलनको आयोजना गरी गोरेलाई सार्वजनिक गरेको हो । समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौं आएको सूचनाका आधारमा उनलाई गौरिघाटबाट पक्राउ गरिएको बताए । उनका अनुसार गोरेलाई आजै मोरङ जिल्ला अदालतमा प्रस्तुत गरिनेछ ।
हेरौ उक्त भिडियोमा इशा गुरुङको आफ्नो सल्लाह सुझाब प्रतिक्रिया यसरी राखेकी छन्।