चुलियो क्रिकेटर सन्दीपको चर्चा, भारतीयहरुले यस्तो सम्म भने (भिडियो)

आईपिएलमा तीन ओभरमा तीन विकेट लिएपछि यति बेला नेपाली क्रिकेटर सन्दीप लामिछानेको सर्वत्र चर्चा भएको छ । सन्दीपको यो शान्दार प्रस्तुती रहेपनि उनको टिम दिल्ली डेयरडेभिल्स संर्गै मुम्बई इण्डियन्स आईपीएल क्रिकेटको लिग चरणबाट बाहिरिएको छ ।
जसरी पनि जिल्नै पर्ने खेलमा ११ रनले मुम्बई इण्डियन्स हारको हो । यसमा सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने अमित मिश्रा र हर्षल पटेलले पनि ३÷३ विकेट लिएका थिए । सन्दीपको खेल सकिएको छ, उनको खेल सकिदा उनले आईपिएलमा कुल ५ विकेट लिए भने जम्मा तीन खेल खेल्न पाए । उनको टिमले उपाधिहोडबाट बाहिरिने पक्का पक्की भएपछि उनलाई बल्ल मैदानमा उतारेको थियो । सन्दीपको खेल हेरेपछि आईपिएलका कमेन्टेटर सुदिप दोशीले सन्दीपको प्रशंसा गरेका छन् । भारतीय सचारमाध्यमहरुले पनि संन्दीपको प्रस्तुतीलाई बिशेषरुपमा प्रशंसा गरको छन् । नेपालीहरुका लागी त खुसीकै कुरा हो त्यो भन्दा पनि भारतीय भूमीमा गएर नेपाली क्रिकेटरले जुन खेल प्रदर्शन गरे त्यो झन अविश्मरणीय छ ।