साउदी अदालतले मृत्यु दन्ड सुनाइएको एउटा् नेपाली उमेश यादबको ब्लडमनि के भयो? के उनलाई सजाय फासी होला ? (भिडियो हेर्नुहोस)

यूके,

बिगत लामो समय देखि इजराइलमा बस्दै आउनु भएको समाज सेवी शरिन ख्युङ्वा तामाङको नेपाली समाज प्रतिको आवाज आज भोलि सामजिक संजालको भितामा जति पनि सुन्न र देख्न पाइन्छ, त्यति मात्र हैन उनि सामाजिक अभियन्ता पनि हुन् भर्खरै उनले चलाएको उमेश यादब बचाऊ अभियान जो साउदीको जेलमा जीवन बिताई रहेका छन यादवको लागि ३० लाख रुपैया ब्लडमनीको आबश्यकता परेको हुनाले उनले सामाजिक संजाल मार्फत ३ करोड नेपाली दाजु भाइ दिदि बहिनि हरु संग बिनम्र अनुरोध गर्दै यो अभियान लाइ सफल पारौ भनेकी छन् । उनले लेखेको सामाजिक संजाल मार्फत स्टाटस र लाइव भिडियो हामीले तपाई सामु प्रस्तुत गरेका छौ र आशा छ तपाई को सहयोग पक्कै पनि उमेश यादवको लागि हुने छ ।

शरिन ख्युङ्वा तामाङ भन्छिन : गत महिना साउदी अदालतले मृत्यु दन्ड सुनाइएको एउटा् नेपाली उमेश यादबको छेमादान पत्र कागजात आज साउदी दूतावासको माध्यम बाट न्यायाधीश समछ्य पुगिसकेको छ अब पालो आएको छ मृतक लतिफको परिवारले मागेको ३० लाख रुपैया ब्लडमनिको निमित्त सानोतिनो आर्थिक सहयोग तपाईं हामी सबै नेपालीहरुले मिलेर गरौ र सकुशल उमेस यादबलाइ नेपाल फिर्ता गराउन हामी सफल हौ भन्दै सरोज रे को मुख्य भुमिका प्रती हार्दिक धन्यवाद भन्न चाहन्छु ।
सहयोगी मन हरुले उमेश यादवको लागि ब्लडमनि सहयोग गर्न सक्नु हुन्छ यो लिंकमा मेसेज गर्नु होला

पछिल्लो समय शरिन ख्युङ्वा तामाङले उठाएको आवाज भिडियो र स्टाटस पनि हेर्नुहोस !
शरिन ख्युङ्वा तामाङको फेसबुक स्टाटस र लाइव भिडियो जानिकारी सहित !
शरिन आफ्नो फेसबुक वालमा उमेस यादवको बिषयमा स्टाटस लेख्दै यसो भन्नु हुन्छ : जनकपुर का उमेस यादवको बारेमा चैत्र २२ गते आएको समाचारले आज ९ तारिख साउदी अदालतले मृत्युदन्ड वा आममाफीको खवरले हिजो म लगायत लाखौं नेपालीहरुको मन मुटुले स्थान छोडेको थियो आज तिनै फैसला बारे पुर्ण जानकारी लिनको लागि मैले उमेस यादब लगायत अन्य साउदी जेलमा परेका नेपालीहरुको उद्दारमा खट्नु भएका समाजसेवी सरोज रे जि सङ्ग प्रत्यक्ष यहाहरु माझ लाइभमा ल्याएको छु । धन्यवाद

शरिन ख्युङ्वा तामाङको फेसबुक स्टाटस सहित !
मृतकको परिवारले समेत आममाफी दिएको एउटा् नेपाली युवाको मृत्युदन्डको कार्यनयन हुनु बाकी ३ दिन छ रे ४ दिन पछि दोषी करार दिदै घाँटी काटेर २४ घन्टा चौराहमा झुन्डिएर राख्ने आदेस साउदी अदालतले दिदा एउटा् निर्दोष नेपालीको छोरालाइ यसरी हत्या गर्दा नेपाल सरकार र साउदी राजदुतावास किन मौन छ ??


काशिन्द्र शर्मा  ||
जनकपुरधाम, २२  चैत्त । सउदी अरेबीयामा घाँटी काटेर २४ घण्टा झुण्डाउने सजाय सुनाइएका धनुषाका उमेश यादवको फैसला आँउदो  सोमबार हुने भएको छ ।
विगत १२ बर्षदेखि सउदीको जेलमा कैदी जीवन बिताईरहेका धनुषा कमला नगरपालिका वडा नं. ३ का ३७ बर्षिय उमेश यादवको मृत्यूदण्डको सजाय कार्यन्वयन हुने नहुने भनेर अबको ४ दिनपछि अहम फैसला हुने बताइएको छ ।

सन् २००६ सालमै एक पाकिस्तानी नागरिकसँगको भनाभनकै क्रममा हुन पुगेको दुर्घटनामा दोषी करार दिँदै घाँटी काटेर २४ घण्टा चौराहामा झुण्डयाउने सउदी अदालतले आदेश दिएको छ ।

हालाकी,  दुर्घटनामा ज्यान गएका पाकिस्तानी नागरिक मो. लतिपको परिवारले उमेशलाई आममाफीको लागि राजी भएको भन्दै सउदी सरकारले मृत्यूदण्डको सजाय तत्कालै स्थगित गरेको हो ।

दुर्घटनामा मृत्यू भएका मो. लतिपको श्रीमतिले सुरुमा उमेशसँग ७० लाख रुपैयाँ ब्लडमनी माग गरेको भएपनि केहीदिनपछि उनले अर्को विवाह गरेको तथा मृतक लतिपको आमाबुवाले उमेशको आममाफीको लागि भनिसकेको बुझिएको छ ।

लतिपकी श्रीमति र बुवाआमाबीच ब्लडमनीकै लागि तनावभएपछि ब्लडमनी चाहिएको वा नचाहिएको भनेर प्रष्ट समेत हुन नसकेपछि सरोकारबालाहरुसमेत अलमलमा परेका छन् ।

मृतक लतिपको परिवारलाई ब्लडमनी नै चाहियो भने नेपाल र विदेशमा रहेका नेपालीहरुले जतिसुकै बेला पनि ब्लड मनी जुटाउन सकिने आश्वासन दिएका छन् । तर, ब्लड मनि आवश्कता प्रष्ट भईनसकेको कारण उमेशको मुद्दा विगत १२ वर्षदेखि मन्द गतिमै चलिरहेको छ ।

उमेशको मुद्दाप्रति चासो लिँदै विभिन्न सँघसँस्थाहरुले उक्त सजाय कार्यन्वयन हुनबाट रोक्न विभिन्न प्रयास थालिसकेका छन् भने पाकिस्तानी एम्बेसी समेत उमेशको मुद्दाप्रति साकारात्मक चासो देखाएकोले उमेशको सजाय आम माफीमा परिणत हुने शुभ सँकेत देखिएको छ ।

आउँदो चैत्त  २६ गते अर्थात ईति सम्वत् ९ अप्रिल २०१८ को अहम फैसला हुने जनाइएको छ ।  उमेशको फैसलाको लागि देशवासी प्रतिक्षामा छन् ।
न्युज स्रोत : http://enewsbureau.com/news-details/1330/2018-04-05