Saturday , November 18 2017
Breaking News

जाँजरकोटमा बिप्लब माओबादीद्वारा यसरी नेबिसंघका नेतालाई कुटी कुटी हत्या गरियो

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थी संघका पूर्ब केन्द्रीय सदस्य रबिन्द्र शम्शेर शाहको आज्ञात समूहद्वारा हत्या गरिएको छ । मंगलबार साढे छ बजेतिर केहि ब्यक्तीहरुको समूहले आक्रमण गरि नेबिसंघका नेता शाहलाई आक्रमण गरि हत्या गरेको बताईएको छ ।
जाजरकोट जिल्लन प्रहरी कार्यालयका प्रहरी अधिकृत रमेसदत्त अवस्थीले घटनास्थलतर्फ लागेको र घटनाको थप अनुसन्धान भईरहेको बताए । मृतक शाह ठेक्कापट्टा गर्ने हुनाले बिप्लप माओबादीसंग बिगत देखि नै मनमोटाप भएको र उक्त मनमोटापले रुपपरिवर्तन गर्दा छ ।

करीब ७ जनाको समूह आएर मरणाशन्न हुने गरी कुटपीट गरि छाडेर गएपछि प्रहरीलाई खबर भएको र प्रहरीले गम्भिर घाईते शाहलाई उपचारार्थ जिल्ला अस्पताल खलंगा लाँदा अस्पताल लगेको १५ मीनेटमा डाक्टरले मृतक घोषणा गरेको इन्स्पेक्टरले बताए । बिप्लप माओबादीले हत्या गरेको आशंका गरिएपनि अटनाको थप अनुसंधान भईरहेको खुलाएका छन् ।
नेपाली काँग्रेसका नेता गृहमन्त्री भएका बेला नेबिसंघका नेताको हत्या एको छ, गृहमन्त्रीले कस्तो कदम चाल्छन् त्यो भने हेर्न बाँकी छ । नेबिसंघका अध्यक्ष नैनसिंह महरले नेबिसंघका नेतालाई जसले हत्या गरेपनि कडा कारबाही गर्न सरकारसंग जोडदार माग गरेका छन् ।
गृहमनत्रालयको भने अहिलेसम्म प्रतिकृया आएको छैन । – सुर्यखबर

Leave a Reply