Monday , December 11 2017
Breaking News

जबाफ सहितको गजल कोरिया बाट

दुई किनारा बिचमा छु म भए मत कोषे ढुङ्गा के चालीस कटेसी रमाउला साइली
हेर्दा हेर्दै पर्देश्मा फुल्ने भयो दार्ही जुँगा ।

रामेछाप घर भइ बिगत चार बर्ष देखी कोरियालाई आफ्नो कर्मथलो बनाउदै परदेशी को कथा बेथा पोख्न घिसिङ माइला निकै पोख्त छन।
यति खेर बजारमा हङगमानै मचिरहेको छ ।
कतै साइलीहरु ढिडो र गुन्द्रुक खायर संगै आफ्नो देश्मा रमौला भन्छन भने अर्को तिर साइलाहरु चालीस कटेसी रमाउला भन्ने पायो।
बिदेश जान कसलाई रहर छर आफ्नै बादेता छ। गाउँमा हलो कुटो कोदालो घाँस दाउरा अनि गोठालो जादा त्यो सैलुङे शिर शिर चिसो बतास को झल्को आउदा अहिले कोरियाको लाखलाई लात हानि हिडु झै लाग्छ । तर के गर्ने पर्देशिको एउटै पिडा एक चोटी परदेशीए पछि आर्थिक हिसाबले न तल न माथी तेसैलेत लामो समय परदेशमै जिबन बिताउन बाध्य छन ।
कहिले काहित लाग्छ जिबनको अमुल्य समय बैसर कारुनिक समय खेर गएझै लाग्छ।

सोध्नलाई सोध्यौ तिम्ले
के छ खबर तिम्रो उता ।2
दु:ख सुख चलि राछ
परदेशी को यस्तै कुरा ।2

सन्चै अनि आरमै छ तपाइलाई
रमैलो छ है परदेश उता ।2
शिशिर याममा बर्षात झै
भिजी राछ झप्प लुगा ।2

परदेशीको खबर सुन्दा
छाती चर्की मुटु दुख्ला।2
नरोउ है साइली उता
रुदा रुदै आशु सुक्ला ।2

छाडिदेउ परदेश भन्छौ तिमि
सुख दु:खमा रमाउला ।2
मेहनत गरे यही छ हिरा
साथ मा हात समाउला ।2

दुई किनारा बिचमा छु म
भयो मत कोषे ढुङ्गा ।2
के चालीस कटेसी रमाउला साइली
हेर्दा हेर्दै परदेशमै फुल्ने भयो दार्ही जुँगा ।2

सात समुन्द्र पारी हाल
हाल दक्षिण कोरिया
सरोज घिसिङ (घिसिङ माइला )

Leave a Reply

%d bloggers like this: