मुक्तिनाथको भर्जिनिटी मोदीले तोडे, फोटो निषेधित क्षेत्रमा भिडियो लाईभ (स्पेशल रिपोर्ट)

नेपालीमा एउटा उखान छ, ‘ठूलालाई चईन, सानालाई ऐन’ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुग्दा यो उखान चरितार्थ पारेका छन् । मुक्तिनाथमा मोदीको रिपोटिङ गर्न गएका नेपाली संचारकर्मीहरुलाई सम्बन्धीत ठाउंसम्म पनि जान दिएनन् । अझ टेलिभिजनको लाईभ गर्ने भनेर गएका नेपाली संचारकर्मीहरुको टोली मध्ये एक क्यामरा मेनलाई मात्र खिच्ने अनुमति दिईएपछि भारतीय संचारमाध्यम नै त्यहा हाबि भए । यतिमात्र होईन नेपाल टेलिभिजनले समेत भारतीय संचारमाध्यमको भिडियोमा लाईभ दिएको समेत देखियो ।यसले के देखाउछ भने मुक्तिनाथको रिपोर्टिङमा भारतिय संचारमाध्यमहरुलेआफ्नो बचस्र्व बनाए, नेपाली संचारकर्मीहरुले कुनै भूमिका पाएनन् ।
मुक्तिनाथ हिन्दु र बौंद्ध धर्मालम्बीको संयुक्त धार्मिक स्थलको रुपमा चिनिन्छ । मुक्तिनाथ क्षेत्रमा मोदीको स्वागतको लागी बौद्ध र हिन्दु दुबै परम्परा अपनाईएको थियो । मन्दिरको बाहिरसम्म फोटो र भिडियो सबै खिच्न पाईन्छ तर मन्दिर भित्रको दृश्य खिच्ने अनुमति कसैलाई छैन । मन्दिरको बाहिर गेटमै फोटो खिच्न मनाही छ भनेर लेखिएको छ । मुक्तिनाथ पुग्ने ब्यक्तिले मन्दिर भित्रको देबि देबताको फोटो खिच्न पाउदैन तर मोदी र भारतीय संचारमाध्यमले त्यसलाई लत्ताए । निर्वाद रुपमा निषेधित क्षेत्रमा लाईभ भिडियो खिचेर संसारभर देखाए ।
अहिले सम्म कुनै तिर्थयात्रीले खिच्न नसकेको फोटो र भिडियो भारतीय संचारमाध्मले खिचे । बाहिर नेपाली भाषामा लेखेको नबुझेर हो वा ‘ठूलालाई चईन र सानालाई ऐन’ भन्ने नेपाली उखान सम्झिएर हो जे होस् मुक्तिनाथको भर्जिनिटी मोदीले तोडे । हेरौं यो स्पेशल रिपोर्ट ।