कस्को भाषणमा दम छ ? केपी की मोदी ? मोदीले ओलीलाई ‘कोली’ भने पछि..(भिडियो सहित)

जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधनको क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भाइसाहेब’ भनी सम्बोधन गरेका छन् । यति मात्र होईन मोदीले ओलीलाई कोली समेत भनेका छन् । उनले भनेका छन्–‘‘एकादशीको अवसरमा माता जानकीको दर्शन गर्न पाँउदा म अत्यन्त खुसी छु । भारतीय प्रधानमन्त्रीको हैसियतले पहिलो पटक माता जानकीको दर्शन गर्न पाउँदा खुसी छु,’ सम्बोधनका क्रममा मोदीले भने – ‘यसको राम्रो प्रबन्ध मिलाइदिनु भएकोमा ‘मेरा भाइसाब’ प्रधानमन्त्री ‘कोली’ (ओली) जी, केन्द्र सरकार, राज्य सरकार, नगर सरकार र सबै उपस्थित जनतालाई धन्यवाद दिन चाहन्छु ।’ मोदीले ‘ओली’ भन्न पनि जानेनन, ‘कोली’ भने ।
मोदीले ‘मेरे भाइसाब’ भनेपनि ओलीले ‘मेरा मित्र’ भनी सम्बोधन गरे । प्रधानमन्त्री ओलीले मोदीसँग सिंगो प्रतिनिधिमण्डललाई स्वागत गरे । अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको भन्दै भने, ‘आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’ दुई देशका प्रधानमन्त्रीहरुको सम्बोधन तलको भिडियोबाट हेर्नुहोस् ।