युटुबमा अशोक दर्जीको गीत एकै दिनमा १० लाख जादा उनलाई मिडियामा पहिलो पटक ल्याइने व्यक्तिलेनै लगाए मिडियामाथि यस्तो आरोप,के अशोकलाई बेचेकै हुन त् ?

भाइरल व्वाई अशोक दर्जिले गाएको पहिलो गीत ‘मन बिनाको धन’ ले यूट्यूवमा तहल्का पिटेको छ । यूट्यूवमा अपलोड भएको एक दिन नबित्दै नम्बर १ ट्रेन्डिङमा पर्न सफल भएको छ टंक बुढाथोकीद्वारा संगीतवद्ध यो गीत ।

बुधबार दिउसो १ बजे गीत अपलोड भएको थियो । त्यसयताको २० घन्टामा यो गीतलाई ८ लाखभन्दा बढि पटक हेरिएको छ । यसैगरी गीतमा ११ हजार पाँच सयभन्दा बढि कमेन्ट आएका छन् । अधिकांस कमेन्टहरु तारिफले भरिएका छन् । शब्द, संगीत र स्वर तीनै पक्षलाई मन पराइएको छ । साथै दुरदराजको प्रतिभालाई काठमाडौंसम्म ल्याएर सबैसामु पस्किएकोमा टंक बुढाथोकी र डिजे रुपकलाई पनि धन्ययवाद दिइएको छ । गीतले ७७ हजारभन्दा बढि लाइक बटुलिसकेको छ ।

गीतमा आएका केही कमेन्टहरु यस्ता छन्:

रिना उप्रेतीः यो गीत सुनेपछि आँखाबाट आँशु आयो । टंक बुढाथोकी र टिमलाई धन्यवाद यस्तो प्रतिभालाई उजागर गरिदिनु भएकोमा ।
मिलन राजः टंक सर धेरै धेरै धन्यवाद तपाईंले माटोलाई सही आकार दिएर मुर्ति बनाइदिनुभयो । तपाईंको मेहनतको हामी कदर गर्छौं । सलाम छ तपाईंलाई ।

हेम नेपाली: करोडौंको भिडबाट छुट्टै सुन्दर संसारमा पुगेको अनुभूति भयो । मिठो स्वरको साथमा राम्रो शब्द र संगीत ।

निम तामाङः १०/१५ चोटि हेरेर नि चित्त बुझेन । साह्रै राम्रो गीत । यहाँ सबैले यही गीत गुन्गुनाउँदै हिँडिरहेको देख्दा धेरै खुशी लाग्यो ।

कुमार बाज्राः यो गीत सुनेर भावविभोर भएर आँखामा आँशु आयो । सम्पूर्ण नेपालीहरुको मन छुने गरी अशोक दर्जिको जीवनसँग ठ्याक्कै मेल खाने गरी शब्द्य कोर्नुभएका लेखक तथा यस कार्यमा लाग्नुभएका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।

भिम लिम्बुः अशोक बाबु तिमी इश्वरको बरदान हौ । यो उमेरमा यो किसिमको गीत गाउन सक्नु अनि यति मिठो यति सुरीलो आवाजमा । तिमी र टंक सरलाई भगवानले आशिर्वाद दिउन् ।
तर एता अशोकलाई मिडियामा ल्याउने नबराज उप्रेती भने आक्रोशित भएका छन।अशोकलाई प्रयोग गरि मिडियामा पैसा कमाउन अनेक खेल खेलियो भन्दै उनि आक्रोशित भएका हुन।हेरौ उक्त भिडियो :