Tuesday , October 17 2017
Breaking News

चोट दिने खुकुरी खानदानी हुन्छ

गजल
-बिनिता कार्की
चोट दिने खुकुरी खानदानी हुन्छ ।।
तर सहने अचानोको बानी हुन्छ ।।

आगोको जस्तो छ तिम्रो चुरीफुरी
एकदिन स्वयम् जलेर खरानी हुन्छ ।।

हरेक घटनाको असर यत्ति नै हो
आज समाचार, भोलि कहानी हुन्छ ।।

ऊ उता मन्द मुसुक्क मुस्कुराउँछ
यता यो ज्यान भने पानीपानी हुन्छ ।।

सराब पिउँदिन म, गर्दिन प्रेम पनि
थाहा छ यसले जीवनमा हानी हुन्छ ।।

Leave a Reply