Tuesday , November 21 2017
Breaking News

यी वस्तुहरुको प्रयोग गरि शरीरबाट विषालु तत्व सजिलै बाहिर निकाल्न सकिन्छ

हामीले स्वस्थ रहनका लागि भरसक प्रयास गरे पनि वरिपरिको वातावरणबाट शरीरमा विषालु तत्वले प्रवेश गरिहाल्छन् । यसरी हावा, पानी, माटो, कस्मेटिक, साबुन आदिको माध्यमबाट प्रवेश गरेमा तत्व रक्त प्रणालीमा पुग्छन् । रगतमा पुगेका खतरनाक तत्वलाई छानेर पिसाबबाट बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ। बारम्बार अधिक मात्रामा विषालु तत्व छान्नु पर्दा मिर्गौलामाथि दबाब बढ्छ । यसैले मिर्गौलाको कार्यबोझ घटाउन हामीले पनि खानपिनमा होस पु-याउनु जरुरी हुन्छ । शरीरबाट विषालु तत्व सहज रूपमा बाहिर निकाल्न मिर्गौलालाई सहयोग गर्ने केही खाद्य वस्तु निम्न छन् :

लसुन – बढी मात्रामा सल्फर हुने लसुनलाई शरीरको सफाइ गर्ने प्रकृतिको एक उत्तम वस्तु मानिएको छ । कलेजोमा विषालु तत्व विघटन गर्ने विशेष खालको एन्जाइम उत्पादनमा सघाएर लसुनले शरीरबाट ती वस्तु बाहिर निकाल्न महìवपूर्ण भूमिका निर्वाह गर्छ ।

स्याउ – उच्च मात्रामा पेक्टिन हुने स्याउले शरीरबाट विषालु तत्व हटाउन मद्दत गर्दछ । घातक गह्रौँ घातुसँग टाँसिएर पेक्टिनले तिनीहरूलाई शरीरबाट बाहिर निकाल्न योगदान गर्छ । यति मात्रा होइन पेक्टिनले कलोजोमा पित्त उत्पादन बढाउने भएकाले विषालु तत्व विघटन प्रक्रिया सहज बन्छ ।

चुकन्दर – गान्टे मूल जस्तो गाढा रातो रङको चुकुन्दरमा एन्टिअक्सिडेन्ट ठूलो परिणाममा हुन्छ । एन्टिअक्सिडेन्टले घातक फ्रिरेडिकललाई निस्तेज पारेर शरीरको रक्षा गर्दछ । कलेजोलाई सजिलो पारेर रगतको सफाइमा समेत चुकुन्दरले मद्दत पु-याउँछ ।

गाँजर – गाँजरमा भिटामिन ए, बी ६, सी र के तथा पोटासियम र ग्लुटाथियोन पनि हुन्छ । ग्लुटाथियोन प्रोटिनले कलेजोको सफाइमा ठूलो योगदान गर्छ । पकाउँदा ग्लुटाथियोन नष्ट हुने भएकाले गाँजर काँचै खानु राम्रो ।

कागती – शरीरको सफाइमा कागतीलाई चमत्कारी स्रोत मानिएको छ । बढी पित्त उत्पादन गर्न कागतीले कलेजोलाई उत्प्रेरित गर्छ । बिहान कागती हालेर एक गिलास पानी पिउने गरेमा तपाईंको शरीर सफाइमा ठूलो योगदान पुग्छ ।

आलस – मुटुलाई अत्यन्त आवश्यक ओमेगा–३ फ्याटी एसिडको साह्रै राम्रो स्रोत आलसले रगत स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । फाइबर समेत धेरै हुने भएकाले विषालु तत्व शरीरबाट बाहिर निकाल्न आलस उपयोगी हुन्छ। यसअतिरिक्त हरियो सागपात, ब्रोकाउलीले पनि शरीरबाट विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्छन्।

Leave a Reply