Tuesday , November 21 2017
Breaking News

एमालेका विद्यार्थीले मच्चाए विप्लवको नाममा चन्दा अातंक, क्रान्तिकारीले समात्यो रंगेहात (EXCLUSIVE) भिडियाेसहित

  • इमान्दार मिडिया संवाददाता ।
नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारीकाे नाममा चन्दा अातंक मच्चाउदै हिडिरहेकाे अवस्थामा अखिल (क्रान्तिकारी)ले रंगेहात नियन्त्रणमा लिएकाे छ ।
क्रान्तिकारीले नेकपाकाे नाममा चन्दा उठाउदै गरेकाे अवस्थामा आफुलाई अखिलको केन्द्रीय सदस्य बताउने सन्तोष तिमेल्सना र तिलक खड़कालार्इ रंगेहात समातेकाे हाे ।
सरकारी कार्यालय नै नक्कलीको निशानामा 
नक्कली क्रान्तिकारी बनेर चन्दा उठाउने गिरोहले सरकारी कार्यालयलाई नै निशाना बनाएको खुलेको छ । उनीहरुलाई सरकारी कार्यालयहरुमा चन्दा उठाउदा उठाउदै समातिएपछि यस्तो रहस्य खुलेको हो ।तिम्सेनालार्इ नापी कार्यालय कलंकी र खड्कालार्इ यातायात कार्यालय एकान्तकुनाबाट नियन्त्रणमा लिइएकाे क्रान्तिकारीकाे उपत्यका समितिले इमान्दार मिडियालार्इ बताएको छ ।
‘उनिहरूले केहि समय अघिदेखि कलंकीस्थित नापी कार्यालयमा ‘हामी नेपाल कम्युनिष्ट पार्टिकाे मान्छे हाे, हामीलार्इ चन्दा चाहिन्छ’ भन्दै फाेन गरेर धम्क्याउदै आइरहेको थिए ।
याे विषायमा हामीले अनुुन्धान गर्दै जाँदा अाज तिम्सिना र खड्कालार्इ रंगेहात समात्याैं र प्रहरीलार्इ बुझायाैं ।’ क्रान्तिकारीका एक नेताले इमान्दार मिडियासंग भने । खड्का अखिलका पशुपति क्याम्पसका नेता हुन् ।
अाफ्नाे संगठनले यस विषयमा थप अनुसन्धान गरिहेकाे उनकाे भनार्इ छ । यस्तै क्रान्तिकारीकी नेतृ सुनिता बमले अाफ्नाे संगठनको नामलार्इ बदनाम गर्दै हिड्ने गिरोहलाइ हदैसम्मको कार्बाही गर्न प्रशासनलार्इ माग गरेकी छिन ।
यस्ता अनैतिक कार्य गार्नेलाइ कारबाही गर्न नेत्री  बमको आग्रह 
‘हामी यस्ता अनैतिक कार्य नगर्न नगराउन सबैलार्इ अनुरोध गर्दछाैं ।’ क्रान्तिकारीकी सिटिइभिट इन्चार्ज बमले इमान्दार मिडियासँग भनिन, – ‘ यस्ता कुनै घटना भए सम्बन्धीत पक्षलाइ सुचना दिएर सहयोग गर्न अनुरोध पनि गर्न चाहान्छाैं।’
चन्दा नदिए ज्यान मार्ने धम्की 
अनेरास्ववियुका तिम्सिना र खड्काले फाेन गरेरै नेकपाकाे नाममा नापी कार्यालयबाट चन्दा माग गरेका थिए । उनिहरूले अाफुहरूलार्इ तत्काल ५० हजार नदिए ज्यान मार्ने धम्की दिदै अाएकाे नापी कार्यालयका एक कर्मचार#2368;ले इमान्दार मिडियालार्इ बताए ।
त्याे कुरा क्रान्तिकारीले थाहा पाएपछि उसले सत्यतथ्य पत्ता लगाउन गाेप्य ढंगबाट अनुसन्धान थालेकाे थियाे । बुधबार दुबैजनालार्इ पैसासहित समातेर कारवाहीका लागि प्रहरीसमक्ष बुझाएकाे क्रान्तिकारीले जनाएकाे छ ।

आखिल भन्छ कार्यकर्ता हुन् जिम्मेवारीमा छैनन्नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले नक्कली क्रान्तिकारी बनेर चन्दा आतंक मच्चाउने तिम्सिना र खड्का आफ्ना कार्यकर्ता भएको तर अहिले कुनै पनि जिम्मेवारीमा नरहेको बताएको छ।

अनेरास्ववियुकी सचिब आराति लामाले इमान्दार मिडियालाई बताएअनुसार उनीहरु बिगतका अखिलका कार्यकर्ता भएको र तर अहिले कुनै जिम्मेवारीमा नरहेको बुझिएको छ ।

तिम्सिना यस अघिको महाधिवेशनमा राष्ट्रिय कमिटीमा रहेका थिए भने हाल कुनै पनि जिम्मेवारीमा नरहेको लामाले बाताइन ।
अहिले उनीहरु सामान्य समर्थक शुभ चिन्तक रहेकोले यसरि क्रान्तिकारीको नाम बेचेर गरिएको बेमानिका बारेमा आफुहरुले अनुसन्धान गरिरहेको  लामाले बताइन। ‘याे विषयमा थप अनुसन्धान गरेर हामी अाधिकारीक धारणा बनाउछाैं ।’ लामाले इमान्दार मिडियासँग भनिन् । अनेरास्ववियुकाे रसिद नै प्रयाेग भएकाेप्रति भने उनकाे अापत्ति छ । त्यसलार्इ उनले रसिदकाे दुरूपयाेग भएकाे भनेकी छन् ।  – इमान्दार मिडिया
हेर्नुहाेस् भिडियाे
२०७३ चैत्र ९ गते प्रकाशित ।

Leave a Reply