Tuesday , September 26 2017
Breaking News

नेपाली कांग्रेसले बाटो बिराउँदा

विपिन कोइराला मंगलवार, चैत ८, २०७३

धेरै अन्तरालपछि कलम समातेको छुु । कलम बढ्नुुभन्दा पहिला मेराबारेमा तीनजना व्यक्तित्वहरूको टिप्पणी सान्दर्भिक हुुनेछ । एक संविधानविद् तथा वरिष्ठ अधिवक्ताको विचारमा ‘नेपाली कांग्रेसको राजनीतिमा स्वयं क्रियाशील भएर लागेकाले विपिन कोइरालालाई धेरै जानकारी र अनुुभव छ । तर यो कुुरा उहाँलाई थाहा छैन । उहाँमा रहेको सुुषुप्त शक्तिलाई जगाइदिन एउटा जाम्बवन्तको खाँचो छ।

यही प्रसंगमा मेरा अनन्य मित्र कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वमन्त्री केबी गुुरुङ मलाई पटकपटक भन्ने गर्नुुहुुन्छ, विपिनले दैनिक हनुुमान चालिसाको पाठ गर्नुुपर्छ, जसले उसको क्षमता जान्न सकोस् ।’ राजनीतिक स्तम्भकार शिक्षक संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई राय छ, ‘अब तपाईं लेख्न सक्नुु हुुन्न । बानी छुुटिसक्यो । तपार्इंलाई राजनीतिक रूपले राम्ररी चिनेको सिद्धहस्त पत्रकारले र्‍याखर्‍याख्ती पारेर तपाईंका विचार, अनुुभव र सिंगो कांग्रेसको इतिहास ओकल्न लगाउनुुपर्छ, ताकि भावी पुुस्ताको लागि प्रेरणा स्रोत बन्न सकोस् ।’
उल्लिखित टिप्पणीकारप्रति आभार प्रकट गर्दै म क्षमा माग्न चाहान्छुु कि उहाँहरूले मभित्र देखेको सामाथ्र्य अब ममा छैन । भएको भए आज नेपाली कांग्रेस जसको गौरवमय इतिहास छ, यस्तो खस्किँदो धरातलमा आइपुुगेको छ कि मैले केही गर्न सकिरहेको छैन । मूकदर्शक भएर हेरिरहेको छुु । दामासाहीमा यो अवस्था आउनमा मेरो पनि भागीदारी छ ।
२२ फागुुन ०७३ को अन्नपूर्ण पोस्ट्मा मित्र होमनाथ दाहालले बीपीले अन्तिम समयमा उहाँ, शेरबहादुुरजी, रामचन्द्रजी र मेरोसमेत उपस्थितिमा व्यक्त राजनीतिक चिन्ताबारे लेख्नुुभएको रहेछ । त्यसैलाई टेकेर कांग्रेसका युुवा नेता कुुमार रेग्मीले त्यहाँ उपस्थित पात्रहरूको प्रतिक्रिया के छ ? उहाँहरूले उक्त चिन्तालाई आत्मसात् गरी कांग्रेसको भावी राजनीतिलाई दिशानिर्देश गर्ने थियो कि भनेर ठूलो अपेक्षा राख्नुुभएको छ । हामीमध्ये शेरबहादुुरजी कांग्रेसको सभापति र रामचन्द्रजी वरिष्ठ नेता हुुनुुहुुन्छ यतिबेला । पद र जिम्मेवारीले उहाँहरूलाई यसरी थिचेको छ कि रेग्मीजीले अपेक्षा गर्नुुभएको प्रतिक्रिया दिन भ्याउनुु हुुन्छ कि हुुन्न, म भन्न सक्दिन । जहाँसम्म मेरो प्रश्न छ, केही न केही प्रतिक्रिया, मैले दिनुुपर्छ । ताकि भोलि इतिहासको कठगरामा उभिँदा म जे छुु, जस्तो छुु, त्यही रूपमा नेपाली जनताले बुुझ्नुुपर्छ भन्ने मेरो धारणा छ ।
संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता आयातीत एजेन्डा बोकेर नेपाली कांग्रेस हिँड्नु हुँदैन । बीपीले देखाउनुभएको मध्यमार्गी धारमा सबै शक्ति र व्यक्ति अटाउन सक्ने, भावभूमि तयार गर्न नेपाली कांग्रेस लाग्नुपर्छ । सत्तारोहण र अवरोहणका लागि बेइजिङ र दिल्लीको तीर्थयात्रा बन्द गरिनुपर्छ । आफ्नो मुलुकको गन्तव्य नेपालीहरू आफैंले निर्धारण गर्नसक्ने सामथ्र्य हामीसँगै छ ।
राष्ट्रपुुकार साप्ताहिकका सम्पादकसमेत रहनुुभएका होमनाथ दाहालजी बीपीको विचार सम्प्रेषण गर्ने व्यक्ति हुुनुुहुुन्छ । एकपल्ट हामी सबैसँग बीपीले आफूपछि कांग्रेसमा आउन सक्ने राजनीतिक विचलनलाई पूर्वानुुमान गर्नुुभएजस्तै उहाँको निधनपछि राष्ट्रिय एकता र मेलमिलापको नीति कांग्रेसले अवलम्बन गर्छ कि गर्दैन ? भन्ने गम्भीर प्रश्न खडा भयो । त्यसबेला बीपीले विश्वास गरेका हामी केही युुवा नेताहरूको अन्तर्वार्ताको शृंखला चलाउनुभयो, होमनाथ दाहालले राष्ट्र पुुकारमा । सुुरुमा मेरो, शेरबहादुुर देउवा, रामचन्द्र पौडेलजी, शिवबहादुुर खड्का, चिरिञ्जीवी वाग्ले, मार्शल जुुलुुम शाक्य आदिका अन्तर्वार्ताहरू क्रमशः प्रकाशित भए । यसको अभीष्ट थियो बीपीको निधनपछि पनि कांग्रेस यही नीतिमा चल्छ, यसमा विचलित हुुँदैन ।
बीपीको यही नीतिले कांग्रेस र राजाबीच सुुमधुुर सम्बन्ध सेतुु कायम गर्न धेरै कारगर भएको थियो । यही नीतिको अवलम्बनले ०३६ सालमा राजाबाट राष्ट्रिय जनमतसंग्रह घोषणा भएको थियो । बीपीको निधनपछि पनि यही नीतिको अनुुशरण गर्दै नेपालभित्र कांग्रेसका शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्न सहज भएको थियो । कांग्रेसको ०१७ साल पुस १ गतेको राजनीतिक दुुर्घटनापछि संगठनहरू ध्वस्तप्रायः थिए । कांग्रेसले आफूलाई पुुनर्जीवित गर्न नेपालभरि आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्न यही नीतिको आवरणमा सहज भएको थियो ।
बीपीनिवास जयवागेश्वरीमा म, शेरबहादुुरजी र मच्छेन्द्र पाठक त्यहीं सुुत्ने गथ्र्यों । बेलुुका हामी तीनैजनाले बियर पियौं । शैलजा आचार्यले यो कुुरा माथि गएर बीपीलाई भनिदिनुुभएछ । भोलिपल्ट बिहान बीपीले हामीलाई भन्नुुभयो, तिमीहरूमा किन निराशा आयो ? यत्तिकैका रामचन्द्र पौडेल, शिवबहादुुर खड्का, चिरञ्जीवी वाग्ले पनि आइपुुग्नुुभयो । आफ्नो खर्चबर्च जोहो तिमीहरू आफैंले गर्नुुपर्छ । बिनासर्त जसको सहयोग लिए पनि हुुन्छ । म त्यत्रो जेल बस्दा मेरा पटनाका मित्र देवेन्द्रप्रसाद सिंहले केटाकेटीको खानपिन र पठनपाठनको अभिभारा लिइदिनुुभयो । म फुुक्काफाल राजनीतिमा लागिरहनसकें । हामीमध्ये शेरबहादुरजी बाहेक सबै घरपरिवारवाला थियौं । केटाकेटीको पठनपाठनको चिन्ता त थियो । यही प्रसंगमा जीवनमा सबभन्दा निराश त म हुुनुुपर्ने हो, तर भइनँ । प्रवासमा राष्ट्रिय कांग्रेसको स्थापना ०३ सालमा गरें । संस्थापक सभापति बन्ने रहर कसलाई हुुँदैन ?
जेलबाट भागेर गणेशमामानजी पुुग्नुुभएको थियो । उहाँको आग्रहमा मैले जेल जीवन बिताइरहेका टंकप्रसाद आचार्यलाई सभापति बनाएँ । आफू कार्यवाहक सभापति भएँ । २००६ सालमा राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसको विलयपछि बनेको नेपाली कांग्रेसको संस्थापक सभापति हुुने मौका पनि मैले पाइनँ । सुुवर्शशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई मेरो पक्षमा थिए । तर महेन्द्रविक्रम शाह र सूर्यप्रसाद उपाध्याय ठुल्दाइ मातृका बाबुुको पक्षमा थिए । म हुुन पाइनँ । मेरो थोरै मिसन थियो– एकतन्त्रीय राणाशासनको अन्त्य र संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र स्थापना । यही मिसन पूरा गर्न मैले मानअपमानको पर्वाह गरिनँ । एउटा उद्देश्यको लागि पद मेरो लागि ठूलो हुुन सकेन । हो, आज हामी उहाँका अनुुयायीहरू, सत्ता, पद, प्रतिष्ठाको लागि नीति, आदर्श र कांग्रेसको चुुरोलाई तिलाञ्जली दिइरहेका छौं ।
बीपीको निधनपछि ०४१ सालसम्म राष्ट्रिय मेलमिलापकै सेरोफेरोमा कांग्रेसको राजनीति केन्द्रित राख्न हामी सफल भएका थियौं, तर कहाँ चुुक्यौं ? त्यसतर्फ विचार गरौं । बीपीले भारत—रूस धुुरीको नेपालमा सक्रियता थियो । बीपीले डीएन अडिट फर्मुुलाअन्तर्गत त्यसलाई तहसनहस पार्नुुभएको थियो । नेपालीको मन छाम्न सक्ने एउटै व्यक्तिको मधुुरो आवाज पनि कति सशक्त हुुन सक्दोरहेछ ? बाह्य हस्तक्षेपविरुद्ध धावा बोल्न सक्ने अद्वितीय क्षमता उहाँमा थियो । बीपीको त्यही क्षमताका कारण नेपाली राष्ट्रियताको भावना मुुखर हुुन सकेको थियो, जीवन्त थियो ।
०४१ चैतको अन्तिमतिर गणेशमान सिंहको चाक्सीबारीस्थित घर कम्पाउन्डमा कांग्रेसको ठूलो भेला आयोजना गरियो । विषयवस्तु थियो– कांग्रेसले पञ्चायती व्यवस्थाविरुद्ध सत्याग्रह आन्दोलन गर्ने, यसको तिथिमिति तोक्ने । यसबेलासम्म कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइराला राजासँग निरन्तर संवादमा हुनुहुन्थ्यो । हामी युवा नेता चाहन्थ्यौं— गणेशमान सिंह र कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईसँग पनि राजाको सार्थक संवाद थालनी होस् । प्रजातन्त्रको झगडा राजासँग र राष्ट्रियताको सवालमा राजा र कांग्रेसको मतैक्य छ– मेलमिलाप नीतिको मर्म पनि यही थियो ।
‘मपछि पार्टीलाई आन्दोलनमा लैजान अनेक कोसिस हुनेछ । आन्दोलन गर्नुभन्दा पहिले तिमीहरूले गम्भीर विचार गर्नू । विचार नपुर्‍याई आन्दोलन सुरु भयो भने त्यही आन्दोलनभित्र घुसेर हामी र राजतन्त्र समाप्त गर्ने कोसिस हुनेछ । बाह्य शक्तिलाई राजासँगको हाम्रो मेलमिलाप मन परेको छैन । यसलाई समाप्त गर्न अनेक प्रलोभन देखाइनेछ, तिमीहरू सर्तक रहनू ।’
पंक्तिकारले उक्त भेलामा व्यक्त गरेको विचार त्यत्तिकै सान्दर्भिक छ । सत्याग्रह गर्ने हामीले, हतार छ ‘विमर्श’ लाई । त्यतिबेला ‘विमर्श’ सूर्यबहादुर थापाको मुखपत्र थियो । सत्यग्रह गर्ने हामीले, बीपीको घाँटीमा सीआईएको टेप छ भन्ने साप्ताहिक ‘समीक्षा’ (रूस समर्थक) हामीलाई फूलमाला लगाउन तयार छ । सत्याग्रह गर्ने हामीले तिथिमिति ‘नेपाल टाइम्सले’ (भारतीय संस्थापन पक्षको समर्थक) तोक्छ । त्यसैले सत्याग्रह भन्नासाथ मेरा गोडा लगलग काँप्छन् ।
सत्याग्रह आन्दोलन नेपालले धान्न सक्दैन । ठूलो उथलपुथलले नेपाली राष्ट्रियता अझ कमजोर बनाउँछ भन्ने पंक्तिकारको दृढ मत थियो । सुरुमा त गिरिजाबाबु पनि यही लाइनमा सहमत हुनुहुन्थ्यो । बीपीले पत्याएका प्रायशः सबै युवा नेता यही लाइनमा खडा थियौं । अन्ततः गणेशमानजी र किसुनजीले ०४२ साल जेठ १० गतेदेखि सत्याग्रह गर्ने घोषणा गर्नुभयो, हाम्रो केही सीप लागेन । बीपी नीतिको विचलनको प्रस्थान बिन्दु यही सत्याग्रह थियो ।
सत्याग्रहका सिलसिलामा देशभरका जेल, ठानाहरूमा कांग्रेसका नेता–कार्यकर्ताले भरिए । राजदरबार र राष्ट्रिय पञ्चायत भवनमा बम विस्फोट भए । सत्याग्रह स्थगन भयो । राजा र कांग्रेसबीच फाटो ल्याउन चाहने बाह्य शक्तिको जित भयो । कुरा यत्तिमै सकिँदैन । गणेशमानजीकै घरकम्पाउन्डमा वामपन्थीसहितको कार्यगत एकतासहित ०४६ माघ ६ गते जब आन्दोलन गर्ने घोषणा भयो । भारतीय नेताहरू चन्द्रशेखर, सुरजित सिंह, सुुव्रमन्यम स्वामीसमेतको उपस्थिति थियो त्यहाँ । ०३६ को जनमतसंग्रहमा बीपीको व्यक्तित्वको अगाडि वामपुड्को कम्युनिस्ट शक्ति ०४६ को जनआन्दोलनमा कांग्रेसकै हाराहारीमा पुर्‍याउने काम भयो कांग्रेसबाटै । भारतअाश्रित माओवादी क्रियाकलापले ०५२ देखि नै संसदीय व्यवस्था र राजतन्त्र कमजोर बनाउने खेल सुरु भयो ।
०५८ जेठ १९ को दरबार हत्याकाण्डपछि नेपाल झनै अस्थिर बन्न पुग्यो । यस्तो हत्यकाण्डपछि गद्दीनसिन राजा ज्ञानेन्द्रबाट ०६१ माघ १९ गते राजकीय अधिकार प्रयोग गरी सम्पूर्ण शासन सत्ता लिइएपछि संसदीय व्यवस्था पक्षधर सातदलीय गठबन्धन र माओवादीबीचको भारतीय संस्थापन पक्षको रोहबरमा भएको बाह्रबुँदे सम्झौताले ०६२/६३ को जनआन्दोलनले नेपाल बाह्य शक्ति राष्ट्रहरूको क्रीडास्थल मात्र बनेन, राजाद्वारा पुनस्र्थापित संसदीय व्यवस्थामा नियुक्त प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट पुनस्र्थापित संसद् भंग भई कांग्रेस, एमाले र माओवादीलाई भागबन्डा गरी सदनमा दुईतिहाइभन्दा बढी वामपन्थीको वर्चस्व स्थापित हुन गयो । राजसंस्थाले यो बुझेन कि कांग्रेस राजसंस्थाको ढाल हो । कांग्रेसले यो बुझेन कि राजसंस्था लोकतन्त्रको रक्षाकबच हो ।
सारांशमा एउटा शक्तिले अर्को शक्तिलाई निषेधको राजनीतिक गर्न खोज्दा मुलुककै अस्तित्व संकटमा पर्न गएको छ । पंक्तिकारलाई पीडा अनुभूति भएको छ कि हेर्दाहेर्दै, बुझ्दाबुझ्दै मुलुक विखण्डनको सँघारमा छ । केही गर्न सकिएको छैन । कांग्रेसले बाटो बिराउँदा मुलुकको अस्तित्व समाप्त हुनेछ भन्ने बीपी कोइरालाको खबरदारीप्रति केही गर्न नसकेकोमा आत्मग्लानी हुन्छ । समूह–समूहका कांग्रेसजनमा यो कुराको आत्मबोध भएको छ । बीपीको धेरथोर सन्निध्यता पाएका, दीक्षित भएका मेरो पुस्ताका साथीहरू शेरबहादुरजी, रामचन्द्रजी, म, शिवबहादुरजी, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, तारानाथ रानाभाट, केपी गुरुङ, खुमबहादुर खड्का, गोविन्दराज जोशी, हरिबोल भट्टराई, अर्जुननरसिंह केसीलगायत अझै राजनीतिमा क्रियाशील छौं । यही मूल्य–मान्यता बोकेका हजारौं साथीहरू देशभर छरिएर रहनुभएको छ ।
आआफ्ना सत्ता स्वार्थले हामीलाई एकजुट हुन दिइरहेको छैन । तर पनि बृहत्तर राष्ट्रको हित र कांग्रेसको अस्तित्वको लागि हामी सब एक हुनुको विकल्प छैन । हामीमध्ये राजनीतिक शीर्षस्थानमा रहनुभएका मित्र शेरबहादुजी तीन/तीनपटक प्रधानमन्त्री हुनुभयो । १५ वर्षको संघर्षपछि उहाँ गौरवशाली पार्टी नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । रामचन्द्रजी सदैव पार्टी सत्तामै हुनुहुन्छ । उहाँहरूले सत्ता सुख भोग गरिसक्नुभएको छ । बाँकी जीवन बीपीले निर्माण गरेको पार्टीलाई कसरी नेपाली राजनीतिको मियो बनाउन सकिन्छ ? कहिले एमाले त कहिले माओवादी केन्द्रको भारी बोक्न अभिशप्त कांग्रेसलाई त्यसबाट मुक्त गराई सबल, सक्षम र राष्ट्रियताको पृष्ठपोषक बनाउनेतर्फ उन्मुख हुन सबै साथीहरूलाई विनम्र आग्रह गर्दै आआफ्नो क्षमताअनुसारको भूमिका खेल्न सकूँ ।
निष्कर्षमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता आयातीत एजेन्डा बोकेर नेपाली कांग्रेस हिँड्नु हुँदैन । बीपीले देखाउनुभएको मध्यमार्गी धारमा सबै शक्ति र व्यक्ति अटाउन सक्ने, भावभूमि तयार गर्न नेपाली कांग्रेस लाग्नुपर्छ । सत्तारोहण र अवरोहणका लागि बेइजिङ र दिल्लीको तीर्थयात्रा बन्द गरिनुपर्छ । आफ्नो मुलुकको गन्तव्य नेपालीहरू आफैंले निर्धारण गर्नसक्ने सामथ्र्य हामीसँगै छ । नेपालमा देखा परेको नियन्त्रित वा अनियन्त्रित अस्थिरताबाट जोगाउन हाम्रै भूमिका हुनुपर्छ । योभन्दा अरू खै के लेखूँ म ?

Leave a Reply