Thursday , August 24 2017
Breaking News

छक्का पञ्जा २’ खेल्न अस्विकार गरेकी साम्राज्ञी निखिलको फिल्ममा !

काठमाडौं । छानेर मात्र चलचित्र अभिनय गर्ने नायिका हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । ‘ड्रिम्स’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री साम्राज्ञीले ‘ए मेरो हजुर २’, ‘तिमीसँग’ र ‘मंगलम्’ मा अभिनय गरेर अहिले चर्चाको शिखरमा रहेकी छिन् ।

दर्शकको हेराईमा मात्र नभई उनी निर्माता निर्देशकको रोजाईकी नायिका शाह निखिल उप्रेतीसँग नयाँ चलचित्र गर्ने तयारीमा छिन् ।

जसका विषयमा हामीले बुझ्न खोज्दा उनले कुनै प्रतिक्रिया दिन चाहिनन् । स्रोतका अनुसार साम्राज्ञीले निखिलको ‘पिजडा ब्याक अगेन’मा काम गरिरहेको बुझिन्छ ।

यसअगाडी नायिका शाहले दिपकराज गिरीले निर्माण गर्न लागेको फिल्म छक्का पञ्जा २ मा खेल्न अस्विकार गरेकी थिइन् ।

– osnepal

Leave a Reply