Tuesday , September 19 2017
Breaking News

गणतन्त्रले सुम्पेको कर्मभुमी !!

नमस्कार हजुर आरामै हुनु हुन्छ बुवा ? आरमै के भन्नू र बाबु बाचिय्कै छ ।तिमिलाइ चिन्न सकिन नि को हौ तिमी ? म … को छोरो हो । सानो देखेको बडेमानको भयेछौ त तिमीत कहाँ छौ आज भोलि जागीर कता गरेको छौ ? कतार तिर बाट आएको बुवा । कति को छुट्टी आयौ त? अब नजानु पर्ला भन्ने सोच छ बुवा बिदेश मा त सारै दुख र गर्मी हुन्छ बुवा । यतै केही गरुकी सोच्दै आको बुवा । के गर्ने विचारमा छौ ? देश मै केही गरौ भनेर । यता के गर्छौ ? देशमा धेरै नै वैदेशिक लगानी भित्र्याउने योजना छ रे नि अब त गणतन्त्र आको छ सबैले अधिकार पाउने निश्चितछ रे नि बुवा . ल ल राम्रो सोच रहेछ अगाडी बड स्व्देस मै केहि गर्नु पर्छ ल त हस बुवा म लाग्छु घर तिर । आज आज भोलि भोलि भन्दै दिन हरु जाँदै थियोे जाठगीर को सिलसिलामा डुल्न सुरु हुँदै थियोे एभरेष्ट रिजोर्ट मा जान्छु सर नमस्कार .. नमस्कार ।के काम थियो होला ? सर म काम पाउछु कि भन्दै आएको सर । के काम जाने को छ ? …को काम जनेको छ भन्दै मेरो सबै डकुमेन्ट टेबल मा राख्दिन्छु
भाइ हजुरको पढाइ त रैन छ नि पढ्ने बेलमा गुच्छा खेल्न गयेको थियोकि के हो ? होइन सर क्रान्तिमा लागिएको थियोे स्कुल गयको समय मा स्कुलमा ७०/८० जना जति क्रान्तिकारीहरु आएर भने यो देश को लागि तिमी हरु जस्तो युवाको खाचो छ हामी यो देश मा जनबादी गणतन्त्रको स्थापना गरि छाड्ने अठोट का साथ आगडि बदि रहेकाछौ यो देश मा निरंकुश राज शासनछ यो राजा ले देशको बिकश मा अवरोध गरेकोछ हामीले देशमा सम्मान पहिचान र अधिकार दिनेछौ हामी देश लाई सिग्गापुर सुजरलेन्ड बनाउनेतर्फ जादै छौ ।भनेर गयेको हो तर के गर्नु सर । हजुरको र देश को तेसै दिन बाट दुरभाग्य सुरु भएको रहेछ ।हजुर को लागि त काम छैन भाइ हजुर जान सक्नुहुनेछ।
धन्यवाद सर । मेरो मन भरी नरमाइलो लाग्छ । अनि आर्को ठाँउ खोज तलास गर्दै आर्को ठुलो होटेलमा पुग्छु । मेनेजर ले भाइ काम त जानेको होला यत्रो बर्ष बिदेश मा गरेको रहेछ तर तिमी कुन पार्टी को सदस्यता मा छौ कुनै पार्टी को पत्र लिएर आयो भने काम मिल्न सक्छ भाइ ।अहिले जाउ … मेरो मन भरी कुरा सुरु हुन्छ हिजो सम्म कुनै राजनीति पार्टी मा लाग्दिन भनेर अठोट लियको तर आज न लागि नहुने भो नेपाल मा कुनै न कुनै पार्टी को खोल ओढ्नु पर्दो रहेछ भन्ने आभास भयो भन्दै घर तिर लाग्छु गाउँ तिर घुमघाम सुरु हुन्छ एउटा ~हाम्रो पार्टी ~ को सङ्गठन सुरु हुँदैछ रे भनेको सुन्छु पार्टी राम्रो छ भोलि गाउको सबै जना …. जम्मा हुने भनेको छ । जानु पर्ला पार्टी को सबै भन्दा ठुलो नेता आउने रे । रात भरी छट्पती लाग्छ बिहान खाना पिना सकेर पार्टी गठन तिर लम्केर जान्छु नेता जि आउनु भयो सबै ले फुल माला ले स्वागत गर्छन सबै को मुख बाट स्वर मा स्वर मिलाएर ~हाम्रो पार्टी राम्रो पार्टी~ जिन्दाबाद ।। को गुन्जन सूनिन्छ नेता जि को सम्बोधन सुरु हुन्छ ।

आदरणीय दाजुभाइ तथा दिदिबहिनी हरु हो
ल आउनुस सुन्नुस कुरो गर्दै छौं हामी हाम्रै अधिकार को लागि ।
हाम्रो यो पार्टी राम्रो पार्टी हो सहयोग गर्नु होला ।
दाजुभाइ तथा दिदिबहिनी हरु हो अघिसर्नु होला । पर्चा म आफै लेख्दछु तपाई हरु छर्नु होला। खरयो को खुट्टा हालि खुब दौडिनु होला।। भाषण म दिन्छु हजुर हरु सुन्नु होला ।।
साझ बिहान खायी नखायी अान्दोलन गर्नु होला।। पार्टी को लागि मर्नै पर्छ भने पनि मर्नु होला । सहिद हुने सम्मान मा नाम कोर्नु होला ।। आफ्नो पार्टी बलियो पार्न हाम्रो नेपाल लाइ सपार्न । चंदा नदिने ब्याक्ती हरु को घाटी निचोर्नु होला।। जनता मा आपिल ।। कुरो बुज्नु हजुर ।।। म चै लिहुला सिहासन हजुर लै दिउला अस्वासन ।। होलान् लाखौं मेरो घरमा आये तपाई ले पाउने एक कप चाये तैपनि फुर्कनु होला ।। कुरो बुज्नु हजुर ।
पार्टी को लागि मर्नै पर्छ भने पनि मर्नु होला ।
सहिद हुने सम्मान मा नाम कोर्नु होला ।।

सबै ले ताली ….. नेता जि मख्ख एक छिन पछी सदस्यता को नाम लेखिएको हुन्छ मेरो पनि नाम आयो पार्टी को टिका लागिएर खुसी हुँदै घर तिर जान्छु बाटो मा … कता वाट हो ? गाउँ को शिक्षक हुनुहुन्थ्यो

नमस्कार सर ..आरमै हुनुहुन्छ सर? आरमै छु
कहाँ बाट हो रातै रातै भकोछौ त ? हाम्रो पार्टी को जनसभा मा गयर आको सर अब पार्टी तिर लागिएको छ सर ।
हेर बाबु आफ्नो काम गर २छाक खाउ र आफ्नो परिवार लाई राम्रो सङ्ग पाल तेसै मा तिम्रो भलाई छ यो नेपाल को राजनिती को दल्दल मा नफस तिमी जस्ता कमाई गरि खाने राम्रो ब्याक्ती राजनिती जस्तो फोहोरको जुठो खान किन जानु पर्यो ? यहाँ गणतन्त्र मा जिन्दबाद मुर्दबाद भन्दै नेपाल बन्द गराउने बम फोड्ने एक आर्को ले एक अर्को नेपाली मार्नेको कमि छैन थाहा होला नि ?…
पार्टी को हलोजुवा मा धसिन मन लागेछ तिमीलाई ? .. म दोधार मा परे अनि फेरि यो हलोजुवा भन्ने कुन सब्द हो सर ? हर्वाले हलो चलाउछ हर्वा को मालिक अरुनै हुन्छ । मलाई मन भित्त्र भित्त्र रिस उठ्न लाग्यो यो यो शिक्षक हो अशिक्षक ? किन उल्टो उल्टो बोल्छ भनदै सोचाइ मा परे सर किन र हजुर लाई राम्रो लागेन ?
हामी सबै जनजाती थारु मुस्लिम महिला मधेसी को लागि अधिकार र पहिचान दिन का लागि हो भन्छन अधिकार दिन्छन् ।हा हा हा शिक्षक गलल्ल हाँस्दै एहो । ल सुन तिमीहरू को पहिचान के हो ? …यदि तिमी म नेपाली हो भन्ने मनमा छ भने मात्र । नेपाली हो ??.. ..

कसै को गुलामी नभएको नेपाल । सगरमाथा को देश बुद्ध जन्मिएको को देश २२से २४ से राज्यहरूको यकीकरण गरेर पृथ्वीनारायण ले ४जात ३६बर्ण को साझा फुलबारी हो हामीले यो देश नेपाल लाइ स्वर्ग बनाई रख्नु पर्छ भनेको हाम्रो नेपालको निर्माण गरेको । हजारौं अङ्ग्रेजसेना हरुलाइ युद्धमा जितेर बहदुरीको पहिचान दियको । पहिचान छ त तिम्रो ।
जस्तै मेरो जात जाती भाषा धर्म कर्म यो त जन्मसिद्ध अधिकार हो । यो न कसैले दिनुपर्नेछ न कसैले लिनु पर्नेछ।येस्ता भाषणबादी परजीवी हरु ले तिमी लाई अधिकार दिन्छ भन्नूर पैदल अमेरिका पुग्छु भन्नू उस्तै उस्तैहो । सर परजीवी भनेको केहो ? ..
परजीवी— १. अरूका भरमा बाँच्ने; अर्काका आश्रयमा रहेको । २. आफ्नो स्वतन्त्र जरा नहुने (आकाशबेली भए पनि अरू वृक्षको बोक्राबाट रस चुसी बाँच्ने ~ कीटाणु— अन्य प्राणीको शरीरको रगत आदि चुसेर बाँच्ने जुम्रा, चमजुम्रा, जुका, किर्ना आदिजस्ता कीटाणु ।

।मेरो भाषा बुज्ने सङ्ग बोल्न बाट बन्चित थियो ?.. ।
धर्मकर्म मान्छु भन्दा नमान भनेको थियो ? ..
मस्जिदमा गएर अल्लाहा.हो … हो अकबर भन्न रोकेको थियो? …… चर्च(मंडली ) नजा भनेको थियोे ?..
मेरो बारी मा मकै छर्छु भन्दा नाइ खेती नगर भनेको थियो ?.. अधिकार किताब मा लेखिएको छ अबत मेहनत गर्न पर्दैन । म बिरामी भये उस्ले दबाइ फ्री दिन्छ स्कुल मा कापी किताब सबै अधिकर ले दिन्छ मेरो श्रीमती पोइला गयो कितबले दिन्छ म कुनै काम गर्दिन मेरो साझ बिहान को चुलो तेइ कितब को अधिकार ले पूरा गर्नु पर्छ ? … जन्मेको दिन बाट मर्दा सम्म अधिकर को कितब ले दिनु पर्छ भन्दै । मार्दै मर्दै हल्ला गर्दै छम ?.. अधिकार त आफ्नो आफ्नो ज्ञान र सीप शिक्षा र देश बिकाश ले पूरा गर्छ भन्ने हामी लाई थाहा छ र ? तिमीहरूलाई चाहिय को के हो ? परजीवी हरु को आश्वासन भाषणवाद या आफ्नो को मालिक कर्मबाद ।यो आफैमा भरपर्छ ।

हर्वा को मालिक हो प्रभु प्रभु को आशिर्वाद ले नेपाल को राजनिती चलेको छ। यो प्रभु को हो सर ? ..प्रभु भनेको दिल्ली दरबार हो । अनि यति का राजनिती पार्टी छन सबै को मालिक दिल्ली हो सर ? यस्मा कुनै सन्धेह छैन । दिल्लीले किन यति का पार्टी पालेर राख्छ सर ? पाल्ने त तिमीहामीले हो नि कुनै पार्टी मा आवद्ध भयेको मान्छे छ भने तेस्ले कुनै जागीरे भयेको देखिन्छ ?… काह बाट आउछ त पैसा सबैलाई ?.. हा हा… हा… यति पनि थाहा छैन ?… किन टीका लगयको त ? .. कुराकानी जारी थियो .. मेरो फोन
आयो हेल्लो .. हेल्लो सर म एन्सेल बाट हजुर को लागि आज राम्रो प्रस्ताव छ १८+२=२०रुपैयाँँ मा २०० एम्बि लिनु होला ! हेल्लो.. अनि १८+२ बुझ्न गारो भो त 2रुपैया कर हो सर। रिस उठ्छ तिम्रो कम्पनी ले सरकार लाई ३५अर्ब कर तिर्नछ रे किन दिदैनौ ?? हामी सङ्ग कर लिने अनि कर नतिर्ने ? ? पैसा भयपो तिर्नु सबै पैसा नेताकार्यकर्ता हरु लाई चंदा दिदा दिदा सकिन्छ कहाँ तिर्नु ? दिन्न भन्नू नि हाम्रो जनता को पैसा नेताकार्यकर्ता लाई दिने ? दिन्न भन्दा तेरो सबै टावर जलाइ दिन्छु भन्छ ।। केगर्ने सर कुरो बुझ्नर्ुपर्छ ।।
कस्को फोन हो भाइ ? कर कार को कुरो गर्दै थियो ?
कस्तो कानुन बनेको रहेछ त सर कर त निएम कनुन ले लिनु/दिनुपर्ने हो ? .. नेपालको कानुन दैवले जानुन भन्ने उखन सुनेको थियोे ? सुनेको त थियोे उखान मा पनि कुनै कुनै साच्चै हुने रहेछ । नेपाल मा ठुलो वैदेशिक लगानी भित्रीदै छ भन्ने खबरले समाज खुशी छ एउटा् वैदेशिक कम्पनी एन्सेल बाट कर लिन येस्तो गार्‍हो हुँदै छ भने झन ठुलो लगानीमा रहेका ले के गर्ला ? … हाम्रो नेपाल मा ठुलो लगानी भित्र्याउने हो भने पार्टी हरु १५९/२०० बाट सिदै ३००तिर नपुग्ला भन्न सकिँदैन । कुरो बुझ्नर्ुपर्छ भाइ ।
भाइ मलाइ ढिलो हुँदैछ मलाग्छु फेरि फेरि बोल्दै गरौंलानि हुन्छ ल हुन्छ नमस्ते बिदा हुँदै ।
घर पुगेर खानपिन गरि सुत्नु पर्ने तर रातभरि निन्द्र लाग्दैन सोचाइ हरु एक पछी आर्को ले सताएको हुन्छ देश को बारे मा त घर परिवार को बारेमा आफ्नो सन्तानको भबिस्यको बारेमा कतै फेरि झोला बोकेर बिदेशीनु पर्नेत होइन यस्तै यस्तै कुराले बिहान् हुन्छ निर्णय फेरि बिदेश जानु पर्ने

कता हो भाइ बिहान् बिहानै झोला बोकेर ?
~ हाम्रो पार्टी~ को गाउँले नेता बिकास दाजु .यसैगरी जीवन चल्ला जस्तो लाग्दैन दाजु अब खाडीमुलुकहरू
तिर .. बिदेश जनुपर्यो दाइ । आउदै गरेको चुनाव मा भोट नदिइ किन बिदेश जान लागिएको हो भाइ ? हिजो पार्टीको टीका लगायर आज बिदेश जान्छु भन्दै छौ किन हो ? मैले बुझिसके दाइ पार्टी र भोट को बारे मा । के बुझ्यो र भाइ ?
मन्दिर गएर घन्टा बजाउनु चर्च गएर गितार बजाउनु र मस्जिद गएर माइक बजाउनु ।
मा कुनै फरक छैन । ईश्वर उनै हुन । नेपाल का १५०/२०० पार्टी मा जस्ले जिते पनि नेपाली जनता को भोट को मूल्याकंन दिल्लीको प्रभुले गर्नु हुन्छ भन्ने थाहा हुन्छ भने चुनावको बहानामा अरबौ अरब रकम खर्चंदै गर्नु नेपाली हरु को दुर्भाग्य रहेछ …।
नेपाली भोट को कुनै मुल्य छैन दाजु हजुर पनि बिदेश जानु हुन्छ्भने सङै जाउ म जान्छु काठमाडौं तिर ।। भिसा लगाउन भन्दै जामै जाम मा आत्तिदै
(लाज्मन्दु / धुल्मन्दु) काठमाडौं पुग्छु आनि वैदेशिक रोजगारदाता कहाँ पुग्छुर म येस्तो.. काम जनेकोछु मेरो लागि कुनै काम पाउछ कि सर ? ल ल भैहाल्छ नि म हजुर हरु को लागि यहाँ बसेकोहु । राम्रो काम मिलाउने कोसिस गर्नु होला सर राम्रो कमाई हुने ठाउमा ल । ल त सर ल भिसा आएपछि खबर गर्छु । ल हस त धन्यवाद
म गाउँ घर तिरै प्रस्थान हुन्छु .. आखिर् बिदेश जादैन भनेको जानै पर्नेभो सोच्दै गाउँ तिर पुग्छु दिनहरु साथि भाइ आफ्नो घर परिवार हरु बिच हाँस्दा रमाउदा रमाउदै आज आज भोलि गर्दागर्दै दिन हरु बितिसक्यो पत्तै भएन २महिना
मोबाईल मा फोन आउँछ ल हजुर को भिसा आको छ हजुर भोलि आउनु होला हस त ! धन्यवाद मन मनमा नरमाइलो लागिरहेछ
के भो आज किन रिसाउनु भयो र (सानुमाया) श्रीमती मुख पनि मलिनो देखिन्छ के भो र ? बोलाउनु भाको छ कर्मभूमीले फोन आयको थियोे भोलि जानु पर्नेछ अँखा भरीको आसु लिदै अस्ति भर्खर आयको हो अबत जान्न भन्दै हुनुन्थियो त ? हो भनेको तर के गर्नु जबसम्म जीवन छ तब सम्म संघर्ष गर्नु छ भैगो नि त जान्छु २ बर्ष छिट्टै गैहाल्छनि पिरोलिएका भावना हरु साटासाट गर्दै रातभर निन्द्र लाग्दैन । मलिनो स्वर मा निदाउनु भोलि बिहानै उठ्नु पर्छ … रात कति छोठो भयो बिहानै घर बाट बिदा भइ ।
(लाज्मन्डौ / धुल्मान्डौ )काठमाडौं तिर प्रस्थान हुन्छु पछी( लाजमान्डौ )को बसपार्क मा उत्रन्छु नजिकै को मनि सटहिकाउन्टर सर साउदी रियल रेट कति होला ? कतिचैनेहो भाइ लाइ २०० जति चाहियो ।६हजार २सय लाग्छ दिउ ? नेट मा त २८.७५ छ आज को मुल्य छ है तेसोरी कहाँ हुन्छ भाइ हामी पनि कामाउन बसेकाहरू हो । तर सर मिलाउन मिल्दैन मिल्दैन चाहिय लैजाउ नत्र आफ्नो बाटो लाग ।
सर उता बाट पैस पठाइउदा नेट मा आज को मुल्य २८.९० छ भन्छ तर दिदा २८.१५/२०मात्र दिन्छ किन होला सर?
तिमिलाइ थाहा छ यतिका धेरै रेमिटेन्स कम्पनी हरु किन छन नेपाल मा ? थाहा भएन सर किन होला ?
आजको समय मा सबभन्दा भर्पर्दो कमाई हुने भनेको रेमिटेन्स कम्पनी मा हो न कुनै लगानी न कुनै झन्झट ।
तिमी ले पठाइएका रकम मा २८.१५दिएर रेमिटेन्स कम्पनी ले राष्ट्रबैंक सङ्ग २८.९०को हिसाबले लिन्छ । लुट्नु पनि सिमा हुन्छनि सर ?… तिमी आफ्नो बाटो लाग । ल ठीकैछ सर दिनु २०० साउदी रियल लियर म
मेनपावर पुगेपछि सर नमस्कार। तिमी आयो ?

सबै कागज तैयार छ ल भाइ पैसा निकाल यो कागज मा सहि छाप लगाउ पैसा कति दिने हो सर ? १लाख १०हजार मात्र हो भाइ । १लाख १०हजर यति धेरै ? सरकारले त जम्मा दशजार मात्र भनेको थियोत सर ? सरकार ले घर को दैलो दैलो मा जनत ले राहदानी पाउने छन टिकट फ्री भिसा फ्री गर्छु गर्छु अनि गणतन्त्रको मुल्य र मान्यता बुझ्ने छ्न तेसो भन्दा तिमीहरू त्यो मन्त्री कतिराम्रो काम गर्यो भन्दै सम्मान गरेका थियौ होइन ? .. मन्त्री हरु तेस्तै हो आज १आउँछ सबै फ्री गर्छ भोलि आर्को आउँछ सबै रोग को उपचार फ्री अप्रेसन फ्री भन्छ उ जाने बेला हुँदै छ नेपाल को नदिनाला दिएर उतैबाट प्रति दिन ६/७करोडौं बिजुलि किनेर लियर आउँछ अनि उ वाहै वाहै हुँदै सम्मानित हुन्छ । भोलि आर्को म येस्तो गर्छु भन्छ अनि तिम्रो अन्धो नागरिक समाजले सम्मान गर्छ हो हामी तेहि मन्त्रीले बनायाका दलालहरु हो मन्त्री का मान्छे हरु आयर हर महिना म बाट लाखौं लिएर जान्छ्न तिमीहरूलाई मात्र १०हजर मा पठाए मैले के खाने हो तिम्रो टिकट कस्ले दिने हो ? मन्त्री को पार्टी लाई चंदा कहाँ बाट दिने ? तिमी जस्तै युवाहरूलाई वैदेशिक रोजगारी मा पठाउनु हामी सबै को कर्तव्य हो भाइ ल छिटोछिटो पैसा निकाल कुरो बुझ्यो होइन ?.. अनि सुन एअरपोर्ट तिर कोसैले सोधपुछ गरेपार १०हजारमात्र बुझाएर आको भन्नू ल । हस सर बुझे भन्दै १लाख १०हजार दिएर टीकट र राहदानी समाइ एअरपोर्ट तिर प्रस्तथान हुदा बाटोमा स्कुलको समय थियोे
राष्ट्रियगान गुन्जी र हेको थियो स्वरमा स्वर मिलाएर उत्साहित थिय विद्यार्थी हरु ।

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली

सार्वभौम भई फैलिएका, मेची-माहाकाली।

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली

सार्वभौम भई फैलिएका, मेची-माहाकाली।

प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरूका रगतले, स्वतन्त्र र अटल।

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

यीबालबालिका हरु को भबिस्य पनि मेरो जस्तो झोले नहोस् भन्दै नेपाल आमाबाट आशिर्वाद लिदै १सब्द मेरो लागि रहेनछ भन्ने आभास भयो ।
~ कर्मभुमी अग्रगमी राष्ट्र हाम्रो नेपाल ।। ~
के लोकतन्त्र ले हामिलाइ आफ्नै मातृभूमीमा कर्मभुमी नदिएको हो ? म जस्ता लाखौं झोले युवाहरूलाई
जन्मभूमि ले ज्ञान् मात्र दिने हो?कर्मअर्कोभूमिले दिने?
इनै प्रस्नले मन भरी पिरोलियको थियोे ट्याक्सी आफ्नै गति मा कुदि रहेको थियोे सीसा बाट बाहिरका दृश्यले नेपाल झन झन्झन् प्यारो लागिरहेको थियो बाटो बाट देखिन्छ ।
एउटा घर सितल निवस रास्ट्रपति कर्यालय लेखिएको थियोे ।त्यो देखेर आफैलाइ धिक्कार्दै मनमा पिरोलिएका सब्द हरु आफ्नो देशको मालिक लाई सितल निवास मा राखेर नेपाल आमा प्रती आफ्नो सहानुभूति….. कर्मभुमी को खोजी ( गर्मि निवास अरेबिया ) तिर जान बाध्य हुँदै एअरपोर्ट भित्र जान्छु म जस्ता अरु धेरै नेपाली झोले युवाहरूलाई कर्मभुमीको खोजीमा जान बाध्य बनाएको नेपालको
~जग नभएको गणतन्त्र ~ लाई बिदाइ गर्दै एयर अरेबिया मा …जय पसुपती नाथ हमिसबैको यात्रा सफल होस ।। ~ बिपोन बस्याल ~ हाल साउदी अरेबिया

Leave a Reply