Sunday , August 20 2017
Breaking News

•देउताको मृत्यु

•देउताको मृत्यु

छाडिदिए मैले,
हो छाडिदिए
पुज्दिन अब देउताहरुलाई।
बाल्दिन अब धुप बत्ती
चढाउदिन फुलहरु
बाट्दैन लड्डु अब
प्रसाद भनि।
गर्दैन अब भरोसा पनि।
छाडिदिए मैले
हो छाडिदिए
पुज्दिन अब देउताहरुलाई।
हे पथ्थरका देउता तिमी
थाहा छ तिमीलाई?
दशकौं देखि मैले तिम्रो
आरती गान गाउदैँ आए
घरको आँगनमा जज्ञ बसाए,
आस्था फैलाए,
खानाको पहिलो गास
मुखमा पर्नु भन्दा पहिले
चढाउथे अगेँनामा,तिमीलाई भनी ।
कति माया गर्थे
हेर त।
तर
मलाई आज दु:ख पर्दा भने
तिमी आएनौ है।
सोचेको थिए मेरो आधा दु:ख
तिमी लिनेछौ,
र आधा पीडा म सहनेछु।
तिमीलाई कति पुकारे कति
तर अहँ
करोडौ प्रयास गर्दा पनि
कठोर मुटु भएको पथ्थर तिम्रो
कसैगरी पग्लिएन।
त्यस्ता पथ्थरका देउता
जो सङ्ग फिलिङ्ग्स नै छैन
जसले सुन्दै सुन्दैनन्
मेरो कुराहरु
तिनलाई किन
दिन रात सम्झिराख्नु मैले।
हो हजुर
छाडिदिए मैले
पुज्दिन अब देउताहरुलाई।
खर्बौ चोटी बरु
पुकार्ने छु
मेरा आमा-बुबालाई
जो
छट्पटाउछन् ज्यादै
अलिकती मलाई चोट पुग्दा।

त्यसैले हो हजुर
छाडिदिए मैले
हो छाडिदिए
पुज्दिन अब देउताहरुलाई।
©समीर बेल्बासे

Leave a Reply