Wednesday , October 18 2017
Breaking News

भर्खर लन्डनबाट सधैका लागि नेपाल फर्कियाका आफ्नो भाइलाइ दाजुको मार्मिक पत्र भिडियो

Writer : Ravi Aryal
Vocal : Sita Poudel
Edited/Published by : Tika Adhikari

प्रिय दिग्विजय,
हिथ्रोको ट्रमिनल टुमा बिदाइ गरेर आएको पनि ठ्याक्कै एक महिना बितेछ । त्यो साँझ चिसो थियो, कठ्याँग्रिदो थियो । आफ्नो मान्छे बिछोडिँदा साँझहरु उदासीन हुंदा रहेछन ।
त्यसदिनको साढे सात डिग्री तापक्रम बढेर आज १० पुगेको छ, ८० किलोको मेरो शरीर घटेर ७५ पुग्यो । समय बदलिन्छ । नोटिस नै नगरेका कुरा बदलिन्छन । ह्वात्तै केहि नबदलिँदो रहेछ यो संसारमा ।
फेब्रुवरी ७ तारिक, मंगलवार । युद्दवार थियो, दोमन वीचको घमासान लडाइको दिन । तेरो साथ र तेरो अभाववीचको अश्रुमिश्रित मनोबाद थियो । जस्को पोल्टा भारी भएपनि आँशु बगेरै सबथोक ब्यालेन्स गर्नुपर्ने । आँशुले कत्ति बोझ हलुंगो पार्छ है? रुने मान्छे सफा लाग्छन मलाइ । जब हृदय निशब्द हुन्छ नि आँशुको भाषा बोल्छन मान्छेहरु ।
तँ बोर्डिंग पास लिएर गएपछि, हामी त्यहाँ बसेनौँ । बस्नै मन लागेन । बिदाइको अंगालोमै सबै टुटिसकेका थियौँ ।

Leave a Reply