Tuesday , September 19 2017
Breaking News

गर्ल्स हाेस्टलमा के के गर्छन् त धेरै जसो केटीहरु ?

पहिले पहिले केटाहरु मात्रै बाहिर पढ्नको लागि जाने गर्थे तर आजकाल केटीहरु पनि बाहिर पढ्न जाने गर्छन् । केटीहरु धेरैजसो बाहिर पढ्न गएको बेलामा गल्र्स होस्टलमै बस्ने गर्छन् ।

होस्टेलमा केटीहरुको मित्रता अन्य केटीहरुसँग हुन्छ र उनीहरु मिलेर पढाइसँगै विभिन्न अनौठा कामहरु गर्ने गर्छन् । धेरैजसो मानिसहरुले होस्टलमा बस्ने केटीहरु धेरै नै पढन्ते हुन्छन् भन्ने सोच्छन् । सायद तपाई पनि त्यस्तै सोच्नुहुन्छ होला तर होस्टलमा बस्ने केटीहरुको हर्कतको बारेमा थाहा पाउनुभयो भने तपाई छक्क पर्नुहुनेछ ।

किनभने गाँउघरमा सोझासाझा र धेरै नै पढनदास देखिने केटीहरु पनि होस्टल पुगेपछि धेरै नै मनमौजी हुन्छन् र समूहमा मिलेर उनीहरु विभिन्न खालका अनौठा हर्कतहरु गर्ने गर्छन् ।

 

यस्ता छन् होस्टलमा बस्ने युवतीहरुले गर्ने विभिन्न रमाइला क्रियाकलापहरुः

१. झगडा
होस्टलमा कोही पनि केटी आफ्नो एक मिल्ने साथीको साथ कहिले पनि छोड्दैनन् । उनीहरु सधैं आफ्नो एक मिल्ने साथीको केटीको सपोर्ट गर्छन् र यताउताको अर्को केटीसँग झगडा गरिरहन्छन् ।

२. गीत गाउने
केटीहरुलाई चाहे गीत गाउन आओस या नआओस उनीहरु होस्टेलको बाथरुममा छिर्नसाथ ठूलो ठूलो स्वरमा गीत गाउन थाल्छन् । उनीहरु गानाबाट अरुलाई असर पुगेको पनि उनीहरुलाई केहीको मतलब हुँदैन् ।

३. प्रेम कहानीहरु भन्ने
केटीहरु प्रायजसो होस्टलमा समूह बनाएर बस्छन् र गफ गर्ने चुट्कीलाहरु भन्ने तथा प्रेमसम्बन्धको बारेमा कुरा गर्ने गर्छन् । यस्तो कुराहरु गर्दा उनीहरुलाई समय बितेको थाहा नै हुँदैन् ।

४. सुन्दरताको ख्याल गर्ने
केटी जस्तो भएपनि उनीहरुलाई आफ्नो सुन्दरताको चिन्ता हुन्छ । विशेषगरी उनीहरु आफ्नो अनुहार राम्रो बनाउन र फिगर मेन्टेन गर्नको लागि होस्टलमा विभिन्न उपायहरु अपनाउने गर्छन् ।

५. खानेकुराको बारेमा गुनासो गर्ने
होस्टलमा बन्ने खानेकुराहरु उनीहरुलाई पटक्कै मन पर्दैन किनभने धेरैजसो होस्टलमा कहिले नुन लाग्दैन कहिले दालमा पानी बढि हुन्छ र उनीहरु त्यसको बारेमा होस्टलको प्रवन्धकसँग गुनासो गरिरहन्छन् ।

६. कोठा सजाएर राख्ने
धेरै जसो केटीहरु आफ्नो कोठालाई आफ्नो घर जस्तै चिटिक्क पारेर सजाएर राख्ने गर्छन् । उनीहरु आफ्नो कोठालाई अरुको भन्दा फरक बनाउन धेरै मेहनत गर्छन् ।

 

७. लुकाएर विभिन्न खानेकुरा खाने
होस्टलको खानाबाट वाक्क भएका धेरै जसो केटीहरु लुकाएर चिप्स, चाउचाउ, पाँउ, चकलेटहरु जस्ता खानेकुराहरु धेरै खाने गर्छन् ।

 

८. एकैठाँउमा जम्मा भएर रमाइलो गर्ने
होस्टलमा उनीहरु धेरैपटक एकै ठाँउमा जम्मा भएर नाच्ने र गाउने रमाइलो प्रतियोगिता हरु गरिरहन्छन् । यस्तै उनीहरु कुन केटी सबैभन्दा राम्री छे भन्ने कुरा पनि गर्छन् ।

९. लुकेर फोनमा कुरा गर्ने
धेरै केटीहरु होस्टलको कुनै कुनामा बसेर धेरै बेरसम्म फोनमा कुरा गरिरहेको पनि देखिन्छन्

: नेपालीपत्र बाट साभार 

Leave a Reply