Friday , October 20 2017
Breaking News

प्रहरीको अश्रुग्यास टाउकोमा लागेर कोमल ओली सडकमा नै बेहोस, मोडल अस्पतालमा उपचार हुँदै

काठमाडौँ । काठमाडौँमा सोमबार प्रहरीले प्रहार गरेको अश्रुग्याँस लागेर गायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य  कोमल ओली बेहोस भएर सडकमा नै ढलेकी छिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आज निकालिएको विरोध जुलुस प्रदर्शनका क्रममा नेतृ ओलीको टाउाकोमा अश्रुग्याँस लागेपछि उनलाई आकस्मिक रुपमा काठमाडौँको मोडल अस्पतालमा उपचारका लागी भर्ना गरिएको पार्टीका नेता तथा चर्चित पत्रकार प्रकाश सुवेदीले जानकारी दिए ।

 

पत्रकार सुवेदीका अनुसार राप्रपा अध्यक्ष कमल थापा थापाले मोडल अस्पताल पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। त्यस्तै झडपमा राप्रपाका बरिष्ठ नेता पशुपति शमशेर राणा सहित एक दर्जन नेता कार्यकर्ता घाइते भएका छन् ।

– osnepal

Leave a Reply