Thursday , October 19 2017
Breaking News

हनुमानले उठाएको संजीवनी पर्वत अहिले पनि छ, थाहा पाउनुहोस् त्यसको पछिल्लो अवस्था

एजेन्सी । संजीवनी पर्वतका विषयमा उखान र कथा नसुनेका ब्यक्ति कमै होलान् हिन्दुधर्मका अनुयायीहरुले ।
जसले रामायणका कथा र प्रर्वचन सुनेका छन् उनीहरुका लागी लक्ष्मणको प्राण फिर्ता ल्याउन हनुमानले संजीवनी बुटी भएको पर्वत नै उठाएर ल्याएको प्रसंग कहाँनेर आउँछ सजिलै भन्न सक्छन् ।
एक चम्किलो प्रकाश र विचित्र गन्ध भएको बुटी भएको उक्त पहाड अहिले पनि श्रीलंकामा रुमास्सला पर्वतको नामले चिनिन्छ । श्रीलंकाको दक्षिण समुन्द्री किनारमा यस्ता केही ठाउँ छन्, जसलाई हनुमानले ल्याएका पहाडको टुक्रा झरेको भन्ने किवंदती रहीआएको छ ।
जुन स्थानका बोट–बिरुवा पनि वरपर क्षेत्रको भन्दा निकै फरक छन् । उक्त समयमा हनुमानले पहाड उचालेर ल्याउँदा ल्याए त्यसको एक टुक्रा रीतिगालामा खसेको विश्वास गरिन्छ ।

Leave a Reply