Wednesday , November 22 2017
Breaking News

अरब जाँदै छु’ का गायक नारायण धितालको मर्मस्पर्शी गीत ‘यति बेला उनीलाई’ सार्वजनिक

स्कटनेपाल १९ मार्च २०१७ : बेल्जीयममा बस्दै आएका गायक नारायण धितालले मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् । जीवन संगिनिको विछोडमा श्रीमानको पीडा अभिव्यक्त गर्ने गरि उनले बजारमा नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । धिताल लामो समयदेखि सांगितिक क्षेत्रमा सक्रिय छन् । उनले हालै सार्वजनिक गरेको ‘यति बेला उनीलाई’ बोलको गित यूटुयवमा ज्यादै रुचाइएको छ ।

प्राणघातक क्यान्सरले जीवन संगिनि गुमाउँदा श्रीमानको एक्लो जीवनका संघर्षका कथा यो गीतमा समावेश गरिएको छ । बेल्जियममानै छायांकन गरिएको सो म्युजिक भिडियोमा उनले स्वयम अभिनय गरेका छन् । बालकलाकारका रुपमा उनका छोरा शिवम धितालको अभिनय रहेको छ । सो भिडियोमा शान्ति भट्ट र सुदर्शन घिमिरेको पनि अभिनय देख्न सकिन्छ । थकित यात्रीको शब्द, गायक धितालकै संगीत र महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन दिपेश रेग्मीले गरेका हुन् । लम्जुङ गाउँशहर ६ मा जन्मेका धिताल चितवनको पार्वतीपुरमा बसाई सरेका थिए । काठ्माण्डौमा सांगितिक क्षेत्रमा क्रियाशिल रहेपनि उनी रोजगारीका शिलशिलामा बेल्जीयम पुगेका थिए । झण्डै १२ वर्ष बेल्जीयम बसेपनि उनले नेपाली गीतसंगितलाई कहिल्यै बिर्सन सकेनन् ।

पप गीत, लोकपप गीत तथा आधुनिक गीतमा उनी बढी रमाउँछन् । उनले ०६० सालमा पहिलो आधुनिक एल्बम धड्कन निकालेका थिए । उनको दोस्रो आधुनिक एल्बम काइट्स हो । उनले अन्य कैयन म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । बेल्जियम बस्दै आएपनि उनले वर्षेनी नेपालीलाई नयाँ नयाँ सांगितिक कोशेली उपहार स्वरुप पस्कदै आइरहेका छन् । सुमधुर स्वरका धनि नारायण धितालले नेपाली गीतसंगितको क्षेत्रलाई सक्रिय भएर अगाडी लैजाने बताउँछन् । “म स्वदेशमा छैन, वैदेशीक भूमिमा संर्घषरत छु”, उनले भने, “नेपाली सांगितिक क्षेत्रलाई कहिल्यै माया मार्न सक्दिन, म नेपाली गीतमै रमाउँछु ।” धितालले चर्चित कलाकारहरु अञ्जु पन्त, शिव परियार, रामचन्द्र काफ्ले, हरि लम्साल लगायतसँग चार वर्ष गन्धर्व संगीत पाठशालामा गायन र संगीत अध्ययन गरेका थिए । उनको ‘अरब जाँदै छु’ बोलको गीतलाई चितवनको सिनर्जी एफएमले वेस्ट पर्फमेन्स अवार्डले ०६१ सालमा सम्मानित गरेको थियो ।

Leave a Reply